२०८३ कात्तिक ११ , मंगलबार

घर भत्किएपछि स्थानीयलाई बास बस्ने चिन्ता



यामराज बिष्ट
दैलेख ।लगातारको वर्षाका कारण जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ स्थित एक पानिचउर टोलमा एक घर भत्किएको छ। लगातार यही असोज १३ गते राति करिब२ परेको अविरल वर्षाका कारण घर भत्किएको हो ।लगातारको वर्षाका कारण घर पुर्णरुपमा भत्किएपछि चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ का ७३ वर्षीय टोपबहादुर कामी र उहाँकी ७० वर्षीया श्रीमती सावित्रा कामी सुरक्षित बासको खोजीमा हुनुहुन्छ। लगातार साँझ परेको अविरल वर्षापछि घर भत्किँदा उहाँहरूको परिवारले सुरक्षित बासको माग गरेका हुन् ।
घरसँगै खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायत दैनिक जीवनमा आवश्यक सामग्रीमा समेत क्षति पुगेको ७० वर्षीया सावित्रा कामीले बताउनुभयो। उहाँले वर्षौंको मेहनत र कमाइबाट निर्माण गरिएको घर एकैपटक भत्किएपछि वृद्ध दम्पतीलाई अहिले कहाँ बस्ने र कसरी दैनिक गुजारा चलाउने भन्ने चिन्ताले सताएको बताउनुभयो । उहाँले घर भत्किएपछि केही समयका लागि आफन्तको घरमा बसे पनि लामो समयसम्म त्यहाँ बस्न सक्ने अवस्था नरहेको बताउनुभयो। उहाँले सरकारलाई यसको दिगो व्यवस्थापन गरिनुका साथै सुरक्षित वासस्थानको व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयोे आफ्नै घर थियो, वर्षा आएपछि सबै भत्कियो। अहिले आफन्तको घरमा बसेका छौँ,‘घर बनाउने आर्थिक अवस्था छैन। वर्षा अझै भइरहेकाले सुरक्षित ठाउँमा बस्ने व्यवस्था कसरी गर्ने भन्ने चिन्ता छ।’’
मानवीय क्षति नभए पनि घर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि परिवारको बासस्थानसँगै खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको समस्या भएको छ। वृद्ध दम्पती आर्थिक रूपमा समेत कमजोर रहेकाले तत्काल घर निर्माण गर्न सक्ने अवस्था नरहेको परिवारले जनाएको छ। पीडित परिवारले आवश्यक सहयोग गर्ने र सुरक्षित बसोबासका लागि तिनै तहका सरकारलाई आग्रह गरेको छ ।घर भत्किएपछि आफूहरूको बसोबासमा समस्या भएको भन्दै पीडित परिवारले स्थानीय सरकार, वडा कार्यालय तथा सम्बन्धित निकायसँग तत्काल राहत र वैकल्पिक बसोबासको व्यवस्था गरिदिन आग्रह गरेको छ।
वडा सरकारले सक्ने सहयोग गर्ने चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ का वडाध्यक्ष उदय कामीले बताउनुभयो। उहाँले वडासरकारले तत्कालको लागी कम्बल, त्रिपाल, पकाउने सामग्री, जस्तापाता लगायत आवश्यक सामग्री उपलब्ध गराएको बताउनुभयो। उहाँले वर्षाका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको बताउनुभयो।उहाँले पछिल्ला दिनमा भइरहेको लगातार बर्सातका कारण यो घरमा क्षेति भएको बताउनुभयो ।
क्याप्सनःचामुण्डा बिन्द्रासैनी नगरपालिका–१मा बर्षाका कारण क्षतिग्रस्त भएको घर ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार
प्रतिक्रिया