२०८३ कात्तिक ११ , मंगलबार

ज्येष्ठ नागरिकसँग नगरप्रमुख कार्यक्रम प्रभावकारी



यामराज बिष्ट
दैलेख । दैलेखको नारायण नगरपालिकाले सञ्चालन गरेको ‘ज्येष्ठ नागरिकसँग नगरप्रमुख’ कार्यक्रम पछिल्लो सयममा प्रभावकारी बन्दै गएको छ। कार्यक्रममार्फत ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच तथा आवश्यक औषधि उपलब्ध गराउने गरिएको छ।
नारायण नगरपालिका–६ की ज्येष्ठ नागरिक मनसरा शाहीले घरमै स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य जाँच र औषधि उपचार गर्ने व्यवस्था प्रभावकारी भएको बताउनुभयो। उहाँले घरमै सेवा पाएपछि उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने समस्या कम भएको बताउनुभयो।
यस्तै, ज्येष्ठ नागरिक वीरबहादुर विष्टले घरमै स्वास्थ्य सेवा पाउँदा उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम भएको बताउनुभयो।
नगरपालिका जनस्वास्थ्य अधिकृत लालबहादुर खड्काका अनुसार जेष्ठ नागरिकसंग नगरप्रमुख घरदैलो निशुल्ल विशेशज्ञ स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट नारायण नगरपालिका ६ नं वडा कार्यालय भवनमा २७७ जना, भवानी स्वास्थ्य चौकीमा २५४ जना गरी ५३१ जनाले सेवा लिएका छन्। उहाँले ज्येष्ठ नागरिकको सामान्य स्वास्थ्य परीक्षण, भिआइए परीक्षण, स्त्रीरोगसम्बन्धी जाँच, ल्याब परीक्षण तथा मधुमेह, मिर्गौला लगायतका स्वास्थ्य समस्या परीक्षण गरी आवश्यक औषधि तथा उपचार सेवा उपलब्ध गराउने गरिएको बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै शिविरको आयोजना गरेको बताउनुभयो।


रोगलाई समयमै पहिचान गर्न सके धेरै नागरिकहरूको स्वास्थ्य जोखिम कम गर्न सकिने उद्देश्यसहित सुरु देखि यो कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख लोमन शर्माले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। नगरिकको स्वास्थ्यप्रति जिम्मेवारी बहन गर्ने उदेश्यसहित विशेषज्ञ चिकित्सकसकहरुको उपस्थितिमा निःशुल्क स्वास्थ्य परीक्षणसंगै सुविधा प्रदान गरिएको बताउनुभयो ।
नारायण नगरपालिका–६ का वडाध्यक्ष जनकप्रसाद न्यौपानेले ज्येष्ठ नागरिकका लागि कार्यक्रम उपयोगी भएको बताउनुभयो। उहाँलेअनुसार आर्थिक अवस्था कमजोर भएका नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने नीति अघि सारिएको बताउनुभयो ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार
प्रतिक्रिया