
दैलेख।जिल्लामा बन्द रहेको अक्सिजन प्लान्ट पुनःसञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भार गर प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो ।केहि समय अगाडी देखि बिग्रिएर बन्द रहेको अक्सिजन प्लान्ट मर्मतपछि पुनः सञ्चालनमा आएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज बिश्वकर्माले बताउनुभयो । उहाँले जिल्लामा अस्पतालको सेवालाई सुविधायुक्त र भरपर्दो बनाउन अक्सिजन प्लान्टको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।डाक्टर विश्वकर्माले भन्नुभयो, “अक्सिजनको अभावमा कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो, सोही अनुरूप हामीले यसलाई पुनः सञ्चालनमा ल्याएका हौँ ।”
अक्सिजन प्लान्टमा समस्या आएपछि प्रभावित भएको अक्सिजन आपूर्ति मर्मत सम्पन्न भएसँगै पुनः नियमित भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। प्लान्ट सञ्चालनमा आएपछि अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक अक्सिजन उपलब्ध गराउन सहज हुने भएको छ।
जिल्लामै अक्सिजन प्लान्ट सञ्चालन भएपछि अन्य अस्पताल तथा विरामीहरुलाई सजिलो भएको नारायण नगरपालिका स्थानिय खगेन्द्र बिकले बताउनुभयो । उहाँले हाल प्लान्ट सञ्चालनमा आएसँगै जिल्लामा अक्सिजन अभावको समस्या समाधान हुने बताउनुभयो ।
जिल्लामा यसबाट हरेक दिनमा दिन४०देखि४५देखि सिलिन्डर अक्सिजन भर्न गर्न सकिन अस्पतालले जनाएको छ। सेवा नियमित र व्यवस्थित सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले अस्पतालमा दक्ष जनशक्तिको पूर्ति गर्न आवश्यक देखिएको छ। अक्सिजन प्लान्ट पुनः सञ्चालनमा आएसँगै स्वास्थ्य सेवा प्रभावित हुने अवस्था हटेको भन्दै स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई जानकारी गराएको छ। अस्पतालले बिरामीको उपचारमा आवश्यक अक्सिजन सेवा नियमित रूपमा उपलब्ध हुने जनाएको छ।
अक्सिजन प्लान्ट पुनः सञ्चालनमा आएसँगै दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्लालगायतका जिल्लालाई मात्र नभएर बिरामीलाई समेत सेवा दिन सक्ने जनाएको छ । यहाँ उत्पादन भएको अक्सिजन अस्पतालमा आएका बिरामीका लागि पर्याप्त भएर बाहिरका बिरामीलाई समेत पुग्ने अपेक्षा गरिएको छ । अस्पतालको इमर्जेन्सी कक्षमा उपचारका लागि दैनिक २० जनाको हाराहारीमा बिरामी आउने गरेका छन् ।








