
सुर्खेत । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सञ्चालन हुने बताउनुभएको छ। प्रतियोगिता सर्ने विषयमा कुनै अन्योल नराख्न उहाँले आग्रह गर्नुभएको हो।
आइतबार सुर्खेतमा बसेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले प्रतियोगिताको तयारीलाई तीव्रता दिइएको बताउनुभयो। उहाँले दशौँ राष्ट्रिय खेलकुदको उत्सव सुरु भइसकेको भन्दै प्रतियोगिता मंसिर १६ गतेदेखि हुने स्पष्ट पार्नुभयो।
मन्त्री पोखरेलले यसपटकको राष्ट्रिय खेलकुद अघिल्ला संस्करणभन्दा व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रतियोगिता सफल बनाउन संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ छ।
प्रतियोगिता सम्पन्न गर्न तीन तहका सरकार र सम्बन्धित सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने मन्त्री पोखरेलले बताउनुभयो।








