२०८३ कात्तिक ११ , मंगलबार

प्रतिष्ठानको प्रशासनिक सचिवमा उत्तम शर्मा, भूगोल सचिवमा राजु केसी निर्वाचित



बर्दिबास, असोज २३ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट प्रशासनिक सचिवमा उत्तम शर्मा र कर्णाली प्रदेशको भूगोल सचिवमा राजु केसी निर्वाचित हुनुभएको छ।

महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने क्रममा शर्मा केन्द्रीय प्रशासनिक सचिव र केसी कर्णाली प्रदेशको भूगोल सचिव पदमा निर्वाचित हुनुभएको हो।

निर्वाचित दुई जनालाई  शुभकामना दिदै  नेपाली मौलिक लोक तथा दोहोरी गीतको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा थप योगदान पुग्ने  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कर्णाली प्रदेशका अध्यक्ष तुलसी शाहीले बताउनुभयो।

उहाँहरूले कलाकारको हकहित संरक्षण, प्रतिष्ठानको सांगठनिक सुदृढीकरण तथा नेपाली मौलिक लोकसंस्कृतिको जगेर्नाका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको अध्यक्ष शाहीले बताउनुभयो।

 

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार
प्रतिक्रिया