२०८३ कात्तिक ११ , मंगलबार

जनचेतनाबाटै आत्महत्या न्यूनीकरण



दैलेख। पछिल्लो समय जिल्लामा आत्महत्याका घटनाहरु जिल्लामा बढ्दै गएपछि प्रहरी आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिइएको छ । जिल्लामा जनचेतनाबाटै आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न प्रहरीले सचेतना कार्यक्रम तीव्रता दिइएको हो।
जिल्लाका ११वटै स्थानीय निकायहरुमा रहेका गाँउ, बजारी क्षेत्र, विद्यालय क्षेत्रमा प्रहरीले अभियान नै चलाएर आत्महत्या न्यूनीकरणको सचेतना कार्यक्रम गर्दै आएको प्रहरी नायब उपरीक्षक दैलेखका प्रहरी प्रमुख श्रवण कुमार विकले बताउनुभयो ।उहाँले सचेतना कार्यक्रमले पहिलेको तुलनामा आत्महत्याका घटनाहरु घटेको बताउनुभयो । उहाँले जिल्लाका बिभिन्न ठाँउमा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको बताउनुभयो ।
उहाँले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गरिएको ेबताउनुभयो । पछिल्लो समयमा बढदै गएको आत्महत्या सबैको साथ सहयोग र सचेतनाको कारणले मात्र न्यूनिकरण गर्न सकिने बताउनुभयो । उहाँले बढ्दो आत्महत्या र आम मानिसमा बढ्दै गएको निराशालाई हल गर्न सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आत्महत्याका कारण, जोखिममा रहेका व्यक्तिको पहिचान, मानसिक तनाव व्यवस्थापन तथा आत्महत्या रोकथामका उपायबारे स्थानीयलाई जानकारी दिइएको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखको तथ्याङक अनुसार आर्थिक वर्ष २०८१र८२ मा४७ जनाले२०८२र८३मा३८जनाले आत्महत्या गरेका छन्।प्रहरीले समुदायस्तरमै जनचेतना बढाएर आत्महत्या न्यूनीकरणको अभियान थालेको छ ।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतबार
प्रतिक्रिया