२०८३ कात्तिक ११ , मंगलबार

भारतबाट दसैँ मनाउन घर फर्किंदै नेपाली



यामराज बिष्ट
दैलेख। दसैँ नजिकिएसँगै रोजगारीका लागि भारतका लगायत नेपालका विभिन्न जिल्लामा पुगेका नेपाली नागरिक घर फर्किन थालेका छन्। जिल्लामा दसैँ मनाउन भारतका लगायत जिल्ला बाहिर रहेका नागरिक गाउँघर फर्किन थालेपछि नारायण नगरपालिका–१ स्थित दैलेख बसपार्कमा यात्रुको चहलपहल बढेको छ।
नागरिक दसैँमा घर फर्किने यात्रुको चापलाई मध्यनजर गर्दै अग्रिम टिकट बुकिङ सुरु भएपछि दसैँ मनाउन घर फर्किन थालेका हुन् । यात्रुलाई यात्रा व्यवस्थापनमा सहज हुने भएकाले जिल्लामा नागरिकहरू धमाधम आफ्नो गाउँघर फर्किन थालेका छन्। जिल्लामा दिनप्रतिदिन भारतलगायत जिल्ला बाहिर रोजगारी तथा अन्य कामका लागि गएका नागरिक परिवारसँगै चाडपर्व मनाउन घर फर्किन थालेका हुन्।
नौमुले गाउँपालिका–४कालिकाकी६१वर्षीया मोतिकला रोकाय भारतको सोलनमा रोजगारी गरेर बुहारी र नातिनातिनी सँगै दसैँ मनाउन घर फर्किनुभएको छ। उहाँले दसैँ मनाएर पुनः रोजगारीका लागि बुहारी संगै भारत फर्किने बताउनुभयो। उहाँले नेपालमै काम गरेर छोराछोरी पाल्ने धेरै प्रयास गरेँ तर दुःख धेरै र आम्दानी कम हुने गुनासो गर्नुभयो । उहाँले भारतमा समेत लामो समय सङ्घर्ष गरेर छोरा बुहारी संग काम गरेकी यसपटक दसैँ मनाउन घर फर्किन पाउँदा खुसी भएको बताउनुभयो। चाडपर्वका बेला आफ्ना छोराछोरीलाई आफन्त तथा गाउँघरको वातावरणमा राखेर दसैँ मनाउन पाउनु महत्वपूर्ण भएको उहाँको भनाई छ।
त्यस्तै, महाबु गाउँपालिका–५ रत्नाकुमारी भारतीले दसैँ नेपालीको प्रमुख चाड भएकाले दसैं मनाउन सुर्खेत देखि गाँउमा आएको बताउनुभयो । उहाँले दसैँ मनाउन जानेहरूको चहलपहल बढेको बताउनुभयो । दसैं नजिकै संगै जिल्लामा भारत लगायत नेपालमा विद्यालय, क्याम्पस बिदा भएसँगै घर फर्किन जानेहरूको बसपार्कमा चहलपहल बढेको हो ।

प्रकाशित मिति : २०८३ कात्तिक २ गते आइतबार
प्रतिक्रिया