
दैलेख। दशैं नजिकिएसँगै दैलेख सदरमुकाममा चहलपहल बढेको देखिएपनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन्।दसैँ, तिहार र छठ पर्व नजिकिएसँगै जिल्लामा चाडपर्वलाई लक्षित गरी बजारमा मानिसहरुको आवागमन बढेको भए पनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन्।
बिहानैदेखि दैलेख सदरमुकममा मानिसहरुको आवागमन भीड देखिन थालेको छ ।तर लत्ताकपडा, जुत्ता–चप्पल, खाद्यान्न, भाँडाकुँडा तथा घरायसी सामग्री बिक्री राखिएपनि भनेजस्तो ब्यापार नभएको व्यवसायीहरुको भनाई छ ।
दसैं नजिकिँदा बजारमा ग्राहकको चहलपहल बढ्दै गएको भएपनि भनेजस्तो ब्यपार नभएको दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्रबहादुर थापाले बताउनुभयो । उहाँले दसैँ, तिहार र छठलाई लक्षित गरी व्यापारिक गतिविधि बढ्ने भएकाले यो समय व्यवसायीका लागि महत्वपूर्ण भएको बताउनुभयो । उहाँले चाडपर्व मनाउन सहरबाट जिल्ला फर्किने सर्वसाधारणको सङ्ख्या बढ्न थालेपछि बजारमा थप चहलपहल देखिएको बताउनुभयो । जिल्लाका मुख्य बजार दैलेख सदरमुकाम नौमुले बजार, दुल्लू बजार लगायत ठाउँमा सामान किन्ने र बेच्नेको भिड लागेको भएपनि भनेजस्तो ब्यापार नभएको बताउनुभयो ।
व्यापारी मनोज थापाले पनि चाडपर्व नजिकिएसँगै बजारमा ग्राहकको आवागमन बढ्न थालेको बताउनुभयो । उहाँले अन्य समयको तुलनामा चाडपर्वको समयमा लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्रीको माग बएको बताउनुभयो । उहाँले दशैंको बेलामा पनि व्यापार नहुँदा झनै समस्यामा परेको बताउनुभयो । ग्राहकको मागअनुसार सामानको व्यवस्था गर्न व्यवसायी व्यस्त रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, अर्का व्यापारी हेमराज अधिकारीले चाडपर्वको समयमा बजारमा किनमेल गर्ने ग्राहकको सङ्ख्या घट्ने गरेको बताउनुभयो । उहाँले ग्राहकको माग र आर्थिक अवस्थाअनुसार विभिन्न मूल्यका सामान बिक्रीमा राखिएको बताउनुभयो ।उहाँले जिल्लामा मानिसको चहलपहल बढेपनि गत बर्षको दशैको तुलनामा यो बर्षको२०प्रतिशतले घटेको बताउनुभयो चाडपर्वलाई लक्षित गरेर सामान खरिद गर्न आउने ग्राहक बढेसँगै व्यापारमा समेत सुधार हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।








