२०८२ मंसिर ४ , बिहीबार

घरबाटै एसईईको तयारी



यामराज बिष्ट
दैलेख कात्तिक २८ गते । दूल्लु नगरपालिका –५रातिमाटाका मिलन पोखरेल श्रि महेन्द्र जयदेवि माध्यमिक विद्यालयमा कक्षा १०मा अध्ययनरत छन् । उहाँको बिगत एक बर्ष यतादेखि दुबै खुट्टामा समस्या भएपछि पछिल्लो समयमा घरमै बसेर अनलाईन मार्फत एसईईको तयारी गरिरहेका छन् । खुट्टामा समस्या कारण विद्यालय जाँन नसक्ने भएपछि घरबाटै एसईईको तयारी गरिरहेको उहाँले बताउनुभयो ।
कक्षा १०मा अध्ययरत पोखरेलले भन्नुभयो“एक्कासी आफू एक बर्ष यतादेखि दुईटै खुटा नचल्ने अवस्थामा पुगेपछी मेरो यस्तो अवस्था भयो” घरमा आर्थिेक अभावका कारण राम्रो अस्पतालमा गएर उपचार गर्न सकिएको छैन । साथीहरु संग विद्यालय जाने रहर थियो तर दुईटै खुट्टा नचल्ने अवस्था भएपछि घरमै बस्नुपर्ने बाध्यता छ ।” उहाँले विद्यालय घरदेखि टाढा भएपछि दुबै खुट्टामा समस्या भएपछि घर बसेर अनलाइनमार्फत पढ्नु पर्ने बाध्यता रहेको सुनाउनुभयो । उहाँले आफूले अनलाईन मार्र्फत एसईईको तयारी गरेकाले आफूलाई पढाउने शिक्षकलाई अनलाईन कक्षा सञ्चालन गरेर सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
ह्वीलचियर पाएपछि हिड्डुलमा सहज ..
उहाँले अबदेखि ह्वीलचियर पाएपछि विद्यालय जान सहज भएको मिलनका आमा तुल्ली पोखरेलले बताउनुभयो ।उहाँले एभरेष्ट क्लब अन्तर्गत पावर परियोजनाले ह्विलचियर सहयोग गरेपछि पछिल्लो समयमा घर देखि बजार लगायत अन्य ठाँउमा हिड्डुलमा गर्नमा ठुलो सहयोग भएको बताउनुभयो । उहाँले घरको आयस्तर कमजोर भएकाले भनेजस्तो सुबिधायुक्त अस्पतालमा उपचार गर्न नसेको बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएकाले छोरालाई उपचार गर्नलाई आर्थिको आवश्यक भएकाले सबैलाई सहयोगको अपिल गर्नुभयो ।

प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार
प्रतिक्रिया