
दैलेख । दैलेख जिल्लामा पछिल्लो समयमा युवापुस्तामा लागुऔषध दुव्र्यसनको समस्या बढ्दै गएको छ । जिल्ला कार्यालय दैलेखले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामालागुऔषधको कुलतमा फस्नेमा बढी मात्रामा युवा वर्ग रहेका छन् । पारिवारिक असमझदारी, साथीको गलत सङ्गत, बेरोजगारी, मानसिक तनावका कारण युवा लागुऔषधतर्फ लाग्ने गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकयाले बताउनुभयो । उहाँले पछिल्लो भदौ महिनामा तीन जना असोजमा चार गरी सात जना लागुऔषध दुव्र्यसनीमा फसेकालाई पव्रmाउ गरी मुद्दा चलाएको बताउनुभयो । उहाँले लागुऔषधबाट टाढा राख्न अभिभावकले उनीहरूको दैनिक गतिविधि, साथीभाइ, हिँडडुल गर्ने स्थान तथा व्यवहारमा आएको परिवर्तनलाई नजिकबाट नियाल्नुपर्ने बताउनुभयो ।
जिल्लामा यस समस्यालाई न्यूनीकरण गर्न स्थानीय तह, विद्यालय, सुरक्षा निकाय तथा सामाजिक सङ्घ संस्थाले संयुक्त रूपमा जनचेतनामूलक कार्यव्रmम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२ र ८३ मा ७७ जना युवा ०८३ र ८४ साउनदेखि असोजसम्म २१ जना लागुऔषध प्रयोगकर्ता रहेका छन् । जिल्लामा प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति प्रतिवेदन अनुसार १८ वर्षदेखि ४० वर्षका युवा लागुऔषध प्रयोगकर्ता रहेको पाएको छ।








