२०८३ कात्तिक १५ , शनिबार

चक्रवात ‘अर्णव’को प्रभावले तीन प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौँ, कात्तिक १४ गते। बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को अवशेष र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुन सक्नेछ।

महाशाखाले वर्षाका कारण धानबाली भित्र्याउने काम रोक्न, हिमाली क्षेत्रमा यात्रा नगर्न तथा सम्भावित बाढी र पहिरोबाट सतर्क रहन आग्रह गरेको छ।

चक्रवातको प्रभावले जनजीवन तथा यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ। मौसम भने भोलि अपराह्नदेखि क्रमशः सुधार हुँदै जाने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते शनिबार
प्रतिक्रिया