
दैलेख। दसैँ मनाउन गाउँ फर्किएकाहरू कर्मथलोमा फर्किन थालेपछि दैलेखका गाउँघर विस्तारै सुनसान बन्दै गएका छन्। दसैँको समयमा चहलपहल बढेका गाउँबस्तीमा चाडपर्वको बिदा सकिएसँगै मानिसहरू फर्किन थालेपछि गाँउ सुनसान देखिन थालेका हुन्।
जिल्लाका नारायण नगरपालिका११ बिन्ध्याबासिनी, नारायण नगरपालिका ६को भूर्ति गाँउ,दुल्लू नगरपालिका १३ मालिका लगायत अन्य गाँउका दसैँ तथा तिहार मनाउन गाउँ आएका कर्मचारी, विद्यार्थी, व्यवसायी तथा रोजगारीका सिलसिलामा जिल्ला बाहिर र विदेशमा बस्दै आएका व्यक्तिहरू फर्किन थालेपछि गाउँमा चहलपहल घट्दै गएको हो। दसैँका बेला आफन्त, छरछिमेकी र परिवारका सदस्यको जमघटले भरिभराउ देखिने गाउँघरमा अहिले विस्तारै मानिसहरूको आवतजावत कम हुँदै गएको छ।
नारायण नगरपालिका–११ का दीपकबहादुर शाही चाडपर्वका बेला गाउँ भरिभराउ हुँदा गाउँको शोभा नै फरक देखिने बताउनुहुन्छ। उहाँले दसैँ मनाउन गाउँ आएका आफन्त तथा गाउँलेहरूको उपस्थितिले गाउँमा खुसीयाली छाउने गरेको बताउनुभयो।उहाँले दसैँको बिदा सकिएपछि गाउँ पसेकाहरू फर्किन थालेसँगै गाउँ फेरि सुनसान देखिन थालेको बताउनुभयो।“चाडपर्वका बेला गाउँमा सबैजना जम्मा हुँदा रमाइलो हुन्छ।
घरघरमा मानिसहरूको चहलपहल हुन्छ। तर, बिदा सकिएपछि सबैजना फर्किन थालेसँगै गाउँ सुनसान देखिन्छ। यस्तो अवस्थामा साह्रै नरमाइलो लाग्छ,” उहाँले भन्नुभयो।दसैँका बेला लामो समयदेखि भेटघाट हुन नसकेका आफन्त तथा साथीभाइसँग भेट हुँदा गाउँमा छुट्टै खुसी छाउने गरेको उहाँ बताउनुहुन्छ।
त्यस्तै,नारायण नगरपालिका–११का गणेश अधिकारी पनि दसैँको बिदा सकिएपछि आफ्नो कार्यस्थलतर्फ फर्किने तयारीमा हुनुहुन्छ। रोजगारी तथा अध्ययनका लागि गाउँ छाडेर सहर र जिल्ला बाहिर बस्नेहरू फर्किन थालेपछि गाउँघर सुनसान बन्दै गएको उहाँले बताउनुभयो।उहाँले रोजगारी, पढाइ तथा विभिन्न पेसामा आबद्ध व्यक्तिहरू गाउँमा लामो समय बस्न नपाउने बताउनुभयो । उहाँले चाडपर्वका बेला परिवारसँग भेटघाट गर्न गाउँ आउने उनीहरू बिदा सकिएलगत्तै आफ्नो काममा फर्किनुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले गर्दा चाडपर्वका केही दिन गाउँमा देखिने चहलपहल लामो समय टिक्न नसकेको उबताउनुभयो। उहाँले केही दिनको भेटघाटपछि आ–आफ्नो काममा फर्किनुपर्ने बाध्यताले गाउँमा पहिलेकै अवस्था दोहोरिने गरेकाबताउनुभयो ।
दैलेखका ग्रामीण बस्तीमा देखिने यो अवस्था रोजगारी, शिक्षा तथा सुविधाको खोजीमा गाउँ छाड्ने प्रवृत्तिसँग पनि जोडिएको छ। दसैँका बेला गाउँका बाटाघाटा, घरआँगन तथा बजार क्षेत्रमा मानिसहरूको आवतजावत बढ्ने गर्छ। आफन्तसँगको भेटघाट, सामूहिक जमघट र चाडपर्वको उल्लासले गाउँघरमा खुसीयाली छाउने गरेपनि, चाडपर्व सकिएपछि फेरि सुनसान हुने गरेको छ ।
चाडपर्वको बिदा सकिएसँगै उनीहरू आ–आफ्नो गन्तव्यतर्फ फर्किन थालेपछि गाउँको रौनक पनि घट्दै गएको छ। दसैँ मनाएर फर्कने यात्रुको चाप बढेसँगै जिल्लामा सवारीसाधनको आवागमन पनि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जयसिंह गुरुले बताउनुभयो । उहाँले चार्डपर्व मनाउन आएका धेरै जसो मानिसहरू सेवासुविधा शिक्षा स्वास्थ्य, रोजगारीका कारण आ–आफ्नो गन्तव्यमा फर्कन थालेका बताउनुभयो । उहाँले दसैँ मनाएर कर्मथलो फर्किने व्रmममा दैलेख सदरमुकामबाट मात्रै २७ हजार ६४९ यात्रु बाहिरिएको बताउनुभयो ।








