२०८३ कात्तिक १६ , आइतबार

दैलेखमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते



दैलेख, कात्तिक १५ गते । दैलेखको गुराँस गाउँपालिका–४ चिसापानीमा मोटरसाइकल ट्रकको पछाडि ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसारआइतबार दिउँसो करिब २ बजे सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००३ प २२१० नम्बरको मोटरसाइकल सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०२–००१ क ०१९३ नम्बरको ट्रकको पछाडि ठोक्किएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ का ५५ वर्षीय कृष्णकुमार आचार्य गम्भीर घाइते हुनु भएको प्रहरीले जनाएको छ ।

घाइते आचार्यको अवस्था गम्भीर रहेकाले उपचारका लागि सुर्खेत पठाउने पहल भइरहेको छ । मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय श्रवणकुमार आचार्य भने सकुशल रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसारट्रक चालक दाङको लमही नगरपालिका–३ का २५ वर्षीय सबिन चौधरी रहेको बताइएको छ ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते आइतबार
प्रतिक्रिया