
दैलेख। दैलेखको गुराँस गाउँपालिका–४ चिसापानीस्थित सुर्खेत–दैलेख सडकखण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००३ प २२१० नम्बरको मोटरसाइकल सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०२–००१ क ०१९३ नम्बरको ट्रकको पछाडिपट्टि ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ निवासी ५५ वर्षीय कृष्णकुमार आचार्यको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल चालक श्रवणकुमार आचार्य सकुशल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार








