२०८३ कात्तिक १७ , सोमबार

करोडौँका संरचना प्रयोगविहीन



 

रुकुमपश्चिम ।रुकुमपश्चिमको चौरजहारीमा करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका बसपार्क र तरकारी सङ्कलन केन्द्र प्रयोगविहीन बनेका छन्। सात करोड १६ लाख रुपैयाँभन्दा बढी लागतमा बनेको बसपार्क र दुई करोड ८२ लाख रुपैयाँभन्दा बढी खर्चिएको तरकारी सङ्कलन केन्द्र सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएका छन्। नगरपालिकाले आवश्यक कानुनी प्रक्रिया पूरा गरी ठेक्कामार्फत सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार
प्रतिक्रिया