
दैलेख ।दैलेखको ठाटीकाँध गाउँपालिका–२प्याडुलीस्थित दशरथ माध्यमिक विद्यालयको निर्माणाधीन भवन छ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । ठेकेदार कम्पनीको लापरबाही कारण विद्यालय भवन लापरवाहीका कारण अलपत्र परेको हो ।
ठेकेदारले काम अलपत्र छाडेपछि विद्यालयको आठ कोठे भवन निर्माणका लागि ६वर्षअघि भवन निर्माणका लागि२०७६ मा विजय कट्सक्टन, सुर्खेत सम्झौता भए पनि हालसम्म निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । कर्णाली प्रदेश सरकारबाट ७५ लाख रुपैयाँ र गाउँपालिकाबाट आठ लाख रुपैयाँ बजेट विनियोजन भएको विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनुभयो । उहाँले पर्याप्त बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा विद्यालय भवन प्रयोगविहीन अवस्थामा पुगेको बताउनुभयो ।उहाँले ठेकेदार कम्पनीकै लापरवाहीले निर्माणमा ढिलाई भएको बताउनुभयो ।
भवन निर्माणमा भइरहेको ढिलाइबारे पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको प्रधानाध्यापक शाहीले बताउनुभयो । उहाँले२०८१ भदौमा यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगको टोली मङ्सिरमा विद्यालयमा पुगेको बताउनुभयो । उहाँले भवन निर्माण कार्य पुस मसान्तसम्म सम्पन्न गर्ने सहमति भएको भए पनि तोकिएको समयसीमाभित्र काम पूरा हुन बताउनुभयो ।‘विद्यालयका पुराना भवनसमेत जीर्ण अवस्थामा छन् । विद्यार्थीहरू त्यस्ता कोठामा बसेर पढ्न डराउँछन् । नयाँ भवन पनि निर्माण सम्पन्न नहुँदा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई जम्मा नौ वटा कोठामा कोचाकोच गरेर पढाउनुपर्ने बाध्यता छ,’ प्रधानाध्यापक शाहीले भन्नुभयो ।
उहाँले भवन निर्माणको काम अधुरै रहँदा निर्माण भइसकेको भागसमेत ढिलाईका कारण भवन जीर्ण बन्दै गएको बताउनुभयो । लामो समयसम्म निर्माण कार्य रोकिँदा विद्यालयको लगानी खेर जाने जोखिम बढेको उहाँले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक शाहीले गाउँपालिकाका प्राविधिक र निर्माण कम्पनीबीचको मिलेमतोका कारण भवन निर्माणले गति लिन नसकेको आरोप समेत लगाउनुभएको छ । उहाँले निर्माण कार्यको अनुगमन प्रभावकारी नभएको र पटक–पटक ताकेता गर्दा पनि समस्या समाधान नभएको गुनासो गर्नुभयो ।
यस्तै ठाटीकाँध गाउँपालिकाका इन्जिनियर पवन कुमार कार्कीले निर्माण कम्पनीले पटक–पटक आग्रह गर्दा समेत काम सम्पन्न नगरेको स्वीकार गर्नुभएको छ । उहाँले गाउँपालिकाले ठेकेदारलाई मौखिक रूपमा पटक–पटक निर्माण कार्य पूरा गर्न आग्रह गर्दै आए पनि ठेकेदारले बेवास्ता गर्दै आएको बताउनुभयो ।‘हामीले ठेकेदारलाई पटक–पटक काम सम्पन्न गर्न आग्रह गरेका छौँ । मौखिक रूपमा धेरैपटक ताकेता गर्दा पनि निर्माण कार्य अगाडि बढ्न सकेको छैन । अब ठेक्का तोड्ने प्रक्रियामा जान्छौँ,’ इन्जिनियर कार्कीले भन्नुभयो । उहाँले २५ प्रतिशत हालसम्म भवनको प्रगती भएको बताउनुभयो ।उहाँले विद्यालय भवन निर्माणसँग जोडिएको समस्या समाधानका लागि गाउँपालिकाले पहल गरके बताउनुभयो । उहाँले ठेकेदारले काम नगरे नियम अनुसार कामकारबाही गर्ने बताउनुभयो ।
भवन निर्माण सम्पन्न नहुँदा विद्यालयको नियमित पठनपाठनमा समेत समस्या भएको छ। बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई समेत पर्याप्त कक्षाकोठा उपलब्ध गराउन नसकिएको विद्यालयको भनाइ छ । कतिपय कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर अध्यापन गराउनुपर्ने अवस्था छ । विद्यालयमा कक्षाकोठा नहुँदा एउटै कोठामा धेरै विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता छ ।








