
दैलेख । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ ।प्रहरीले चामुण्डा बिन्द्रासैनी नगरपालिका–८, भोटेचौरामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।
लैङ्गिक हिंसाको न्यूनीकरण गर्न चेतनाको विकास गरी हरेक जनस्तरमा जागरुकता फैलाउन नवलपुरका विद्यालयमा र गाउँगाउँ पुगेर पम्पलेट वितरण गर्नै, अन्तर्क्रिया गर्ने गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, भैरवी गाउँपालिका–५, बाहाचौरमा लैंगिक हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ। समुदाय र समाजमा हुने विभिन्न प्रकारका हिंसाबारे जानकारी गराउने उद्देश्यले सचेतना कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।कार्यक्रममा लैङ्गिक हिंसाका विभिन्न स्वरूप, त्यसबाट पर्ने असर, हिंसा न्यूनीकरणका उपाय तथा हिंसाविरुद्ध समुदायको भूमिका र सचेतनाको आवश्यकताबारे जानकारी गराइएको थियो








