
दैलेख कात्तिक २९ गते ।दैलेख जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता सङ्कलनमा नागरिकमा उत्साह कम देखिएको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखमा विगतका निर्वाचनभन्दा यो पटक मतदाता नामावली सङ्कलन उत्साह कम देखिएको हो ।
जिल्लामा नागरिकको उत्साहजनक सहभागिता नदेखिएको जिल्ला निर्वाचन कार्यालय दैलेखका कम्प्युटर अपरेटर मदन लामिछानेले जानकारी दिनुभयो । सुरुमा राजनीतिक दलहरू मतदाता दर्ता अभियानमा सक्रिय नभएका कारण दर्ता हुनेको सङ्ख्यामा कमी थियो अहिले ती दलले अभियान चलाउन थालेपछि ५५–६० जनासम्म मात्र नाम दर्ता गर्न आउने गरेको उहाँले बताउनुभयो ।
गत चुनावको समयमा दैनिक कम्तीमा एक सयदेखि १५० जना दर्ताका लागि आउने गर्थे तर यसपालि त्यति उत्साह नदेखिएको उहाँले बताउनुभयो । हालसम्म ४५३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
प्रकाशित मिति : २०८२ कात्तिक २९ गते शनिबार







