
दैलेख कात्तिक २९ गते । दैलेख सदरमुकाममा निःशुल्क स्वास्थ्य परीक्षण आयोजना गरिएको छ । लायन्स क्लब अफ दैलेखले आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षणमा करिब एक सय ३० जनाले सेवा प्राप्त गरेका हुन् ।
लायन्स क्लबको सामाजिक सेवामा समर्पित भूमिकालाई स्मरण गराउँदै विपन्न र उपचारबाट वञ्चित समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण शिबिर आयोजना गरिएको लायन्स क्लब अफ दैलेखका अध्यक्ष राजु केसिले बताउनुभयो।
उहाँले लायन्सहरु बिना स्वाार्थ सेवामा सधैं खटिने बताउँदै स्वास्थ्य सेवाको पहुँच बाहिर रहेकाहरुलाई सेवा दिनु पवित्र कार्य भएको बताउनुभयो ।उहाँले स्वास्थ्यलाई प्राथमिकता दिँदै क्लबले समाजसेवाका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
उक्त शिविरमा सहभागिले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निःशुल्क रूपमा प्राप्त गर्न पाउँदा आफूहरू लाभान्वित भएको प्रतिक्रिया दिएका छन्।








