दैलेख – दैलेखका नयाँ प्रमुख जिल्ला अधिकारी आनन्द सारुले मिडियाले सकारात्मक रूपमा खबरदारी आग्रह गर्नुभएको छ । पत्रकारहरुसंग जिल्लाको विकास र शान्ति सुरक्षा सवालमा दैलेखमा आज गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा सुशासन प्रवद्र्धनमा मिडियाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सारुले अघिल्ला प्रमुख जिल्ला अधिकारीहरुले थाल्नु भएका राम्रा कामहरुलाई निरन्तरता दिने आफूले पनि सरकारी निकायबाट प्रवाह गर्ने सेवाहरु नागरिकहरुका लागि सहज बनाउन प्रतिवद्धता जनाउनुभयो । उहाँले विकास कामहरुको प्रभावकारिता बढाउन हरेक नागरिकले समयमा सुझाव दिन आग्रह गर्नुभयो ।
सशस्त्र प्रहरी नायव उपरीक्षक मीनराज भट्ट, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशविक्रम शाह समेत उपस्थित पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनार लगायतका पत्रकारहरुले जिल्लाको विकास र शान्ति सुरक्षा प्रवद्र्धनमा सहकार्यता रहने वचन दिनुभएको थियो ।







