
दैलेख – दैलेख जेसीजद्वारा सप्ताहव्यापी कार्यक्रम घोषणा गरेको छ ।दैलेख सदरमुकाममा जेसीजद्वारा पत्रकार सम्मेलन गर्दै सप्ताहव्यापी कार्यक्रमको घोषणा गरेको हो ।सप्ताहव्यापी कार्यक्रम अनुसार मंसिर ७ गते विहान ८ बजे दैलेख टेक्निकल स्कूलमा डा. प्रयास विक्रम सिजापतिले एचआईभीएड्स सम्वन्धी सचेतना सहजीकरण गर्ने र विहान १० बजे रामपुरस्थिर राधाकृष्ण मन्दिर सरसफाई कार्यक्रम र अपरान्ह ४ बजे जिल्ला प्रहरी कार्यालय दैलेखलाई सरसफाई सामग्री हस्तान्तरण गर्ने योजना रहेको दैलेख जेसीज २०२५ अध्यक्ष प्रतिमा खड्काले जानकारी दिनुभयो ।
यस्तै मङ्सिर ८ गते विहान ११ बजे रेडक्रस मावि भूर्तीमा सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने, दिउँसो १ बजे त्रिभुवन मावि दैलेख बजारमा साइबर अपराध सचेतना कार्यक्रम, मंसिर ९ गते विहान ९ बजे देवकोटा चोक ट्राफिक सचेतना र दिउँसो १ बजे दिपशिशु आवि सिमाडाका ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम राखिएको छ ।
कार्यक्रममा जेसीजका पदाधिकारीहरुलगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।







