यामराज बिष्ट ,मङ्सिर१७ गते । दैलेखको ठाटिकाँध गाँउपालिका–२स्थित प्याडुलीमा रहेको दशरत माध्यमिक विद्यालयको निर्माणधीन भवन अलपत्र भएको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण बिगत ६ वर्ष यतादेखि विद्यालयको भवन निर्माण अलपत्र परेको हो ।
ठेकेदार कम्पनीकै लापरवाहीले भवन निर्माण ढिलाई भएको विद्यालयका प्रधानाध्यापक अमर बहादुर शाहीले बताउनुभयो । उहाँले भवन निर्माणका लागि आर्थिक वर्ष २०७६सालमा ७५ लाख कर्णाली प्रदेश सरकारबाट पालिकाबाट८लाख बजेट आएको बताउनुभयो ।
उहाँले गत२०८१भाद्रमा अख्तियारमा मुद्दा परेपछि मङ्सिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टिम आएर पौष मसान्तसम्म सम्पन्न गर्ने गरि सहमति गरिएको भएपनि भवन निर्माण अपूरो भएको बताउनुभयो । प्रधानाध्यापक शाहीले ‘‘विद्यालयका अरु पुरानो भवन जीर्ण भएकाले विद्यार्थी बस्नै मान्दैन्न, त्यसैले कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीलाई ९ वटा कोठामा कोचाकोच गरेर पठनपाठन गराइरहेका छौं।’’
सम्बन्धित निकायले चासो नदिँदा भवन निर्माणले गति लिन नसकेको प्रधानाध्यापक शाहीले गुनासो गर्नुभयो । निर्माण भएको आधा भाग पनि अहिले जीर्ण बन्दै गएको उहाँको भनाइ छ । पालिकाका प्राबिधिक मिलेमतोमा भवन अलपत्र परेको उहाँले आरोप गर्नुभयो ।
पटक पटक आफूहरूले भवन निर्माण पूरा गर्न ठेकेदारलाई आग्रह गरेपनि काम नगरेको ठाटिकाँध गाँउपालिकाका अध्यक्ष रक्षबहादुर शाहीले बताउनुभयो । उहाँले बारम्बार ठेकेदारलाई मौखिकरूपमा आग्रह गर्दा पनि काम नगरेकाले ठेक्का तोड्ने बताउनुभयो । उहाँले भवन निर्माणका लागी पहल पालिकाले पहल गर्ने बताउनुभयो ।
भवन निर्माण नहुँदा बालबिकाश देखि कक्षा १सम्मका कक्षा२र३लाई विद्यार्थीलाई एकै ठाउमा राखेर पढाउने गरिएको छ । विद्यालयको ८ कोठे भवन निर्माणका लागि सात वर्षअघि सम्झौता भए पनि अझैसम्म पूरा नहुँदा पठनपाठनमा समस्या भएको छ ।







