२०८३ जेठ १९ , मंगलबार

घरदैलोमै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण



यामराज बिष्ट ,दैलेख मङ्सिर १८ गते । दैलेखको नारायण नगरपालिकाले जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर निःशुल्क उपचार सुरु गरेको छ । जेष्ठ नागरिकसंग नगर प्रमुख भेटघाट कार्यक्रम अन्र्तगत स्वास्थ्यकर्मी सहित घरघरमै पुगेर उपचार र औषधि दिन थालेपछि ज्येष्ठ नागरिकमा उत्साह छाएको हो ।

स्वास्थ्यकर्मीले नारायणका प्रत्येक वडामै गई ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्यपरीक्षण तथा परामर्श दिन थालेको नारायण नगरपालिकाका स्वास्थ्य अधिकृत सार्तौ लाल बहादुर खड्काले बताउनुभयो । उहाँले स्वास्थ्य चौकीको पहुँचसम्म आउन नसक्ने जेष्ठ नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले जेष्ठ नागरिक र दिर्घरोगिसँग ‘नगरप्रमुख’ कार्यक्रम अन्र्तगत निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको बताउनुभयो । उहाँले जेष्ठ नागरिकसँग नगर प्रमुख कार्यक्रम अन्र्तरगत नारायण नगरपालिका १०,११र४,५का झण्डै३सय९० जना जेष्ठ नागरिक तथा अशक्त असहायहरुको निशूल्लक उपचार गरिएको बताउनुभयो । उहाँले अन्य वडामा पनि घरदैलोमै पुगेर निःशुल्क उपचार सुरु गरिने बताउनुभयो ।
यस्तै जेष्ठ नागरिकसंग ‘नगरप्रमुख’ कार्यक्रम मार्फत उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगका बिरामी अब अस्पतालसम्म धाउनु नपर्ने र आफ्नै गाँउ,वडामा स्वास्थ्य जाँच गराएर औषधि लिन सक्नेगरी अभियान सुरु गरेको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्मा जानकारी दिनुभयो । उहाँले यो अभियानबाट गम्भीर रोग लाग्नुअगावै रोगको पहिचान गर्न मद्दत पुग्ने र समयमै उपचारमा टेवा पुग्ने बताउनुभयो ।उहाँले घरदैलोमै स्वास्थ्य सेवा पुगेपछि ज्येष्ठ नागरिकमा उत्साह थपिएको बताउनुभयो ।कुनै पनि जेष्ठ नागरिकहरु उपचारबाट बञ्चित नहुन भन्ने उदेश्यले यो अभियान संञ्चालन गरिएको नगरप्रमुख शर्माको भनाई छ ।
आफ्नो स्वास्थ्य अवस्थाका बारेमा घरमै बुझन र चेकजाँच गर्न स्वास्थ्यकर्मी आएपछि जेष्ठ नागरिकलाई सहज भएको नारायण नगरपालिका–१०भवानीका७२बर्षिया नरबहादुर रानाक्षेत्रीले बर्षिय बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य उपचार सेवा पाएपछि भएको बताउनुभयो ।
नगरपालिकाले स्वास्थ्यकर्मीसहित प्रत्येक घरघरमा पुगेर ज्येष्ठ नागरिकहरुको सुगर, प्रेसर लगायत स्वास्थ्य परिक्षण गर्दै उनीहरुलाई आवश्यक परामर्शसहित निःशुल्क औषधी वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १८ गते बिहीबार
प्रतिक्रिया