
यूएई ।दैलेखी सेवा समाज यूएईले भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष नन्दु शर्माको अध्यक्षता तथा सन्तोष पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा विशेष अतिथि दैलेखी समाजका सल्लाहकार दिपक बिष्ट, सल्लाहकार निराजन शाही, उपाध्यक्ष सम्झाना शाही,अतिथिमा नेपाली समाज राकका अध्यक्ष निश्चल भक्त ,जनप्रगतिशिल मञ्च राकका अध्यक्ष गुन्ज बस्नेत ,बाग्लुङ समाज राकका अध्यक्ष जिएन शर्मा ,जनसम्पर्क समिती राकका सभापति भिम बहादुर केसी तामाङ समाज राकका अध्यक्ष भिम गोले , एनआरएनए राकका अध्यक्ष सुरेश श्रेष्ठ ,अन्तर्राष्ट्रिय कलाकार समाज इनास राकका सल्लाहकार प्रकाश गुरुङ , दैलेखी सेवा समाज केन्द्रिय समिती युएईका महासचिव संकल्प चन्द ठकुरी संयोजक
केबिन जंग शाही,सह संयोजक,टोपेन्द्र शाही लगायत समाजसेवी, व्यावसायि, खेलाडी, बुद्धिजीवी, पत्रकार विभिन्न संघ संस्था प्रमुखको सहभागिता रहेको थियो ।

दैलेखी सेवा समाज युएईद्वारा आयोजित बनभोज कार्यक्रम छुट्टीको अबसर पारी भाईचारा नेपाली एकतालाई अझै थप मज्बुत गर्न, एक दिन भय पनि प्रदेशको काम घामको तापलाई थोरै भय पनि शितलता प्रदान गर्न उदेश्यले एक आपसमा सुख दुख साटी रमाईलो गर्ने हेतुले बनभोज कार्यक्रमको आयोजना गरिएको दैलेखी सेवा समाज यूएई नन्दु शर्माले बताउनुभयो । उहाँले स्थापना कालदेखी नै समस्यमा परेका मजदुरहरुको न्यायको लागि लड्दै आएको बताउनुभयो ।
कार्यक्रममा आफ्नो जिल्लाको अस्तित्व पहिचान बारे प्रचारप्रसार पनि गरिएको उहाँले बताउनुभयो ।







