२०८३ जेठ १९ , मंगलबार

पुनर्निर्माणको पर्खाइमा सिंजा राजाको हिउँदे राजधानी



 

यामराज बिष्ट
दैलेख २४ मङ्सिर । तत्कालीन द्वन्द्वको समयमा माओवादीले बम पड्काएर ध्वस्त बनाएको दूल्लु नगरपालिका –७ स्थित पटाङ्गिनीमा रहेको दुल्लु दरबार अझै पुनःनिर्माण हुन सकेको छैन । माओवादीले बम पड्काएर ध्वस्त बनाएको जुम्लाको सिंजा राज्यको हिउँदे राजधानीको रुपमा चिनिने दुल्लु दरबार अझै पुनःनिर्माण हुन नसेको हो ।
करिब२०५९ साल वैशाख ८ गते तत्कालीन द्वन्द्वको समयमा नेकपा माओवादीले ध्वस्त बनाएको दुल्लु दरबार पुनर्निर्माणका लागि पहल गरिए पनि दरबार अझै बन्न नसकेको दुल्लु नगरपालिका नगरप्रमुख भरत रिजालले बताउनुभयो । स्थानियले सरकारले दरबार पुर्ननिर्माणका लागि पहल गरिरहेको बताउनुभयो ।

दबार निर्माणका लागी नगरपालिकाले पहल गरेको भए पनि व्यक्तिका नाममा भएकाले कार्यान्वयन हुन नसकेको उहाँको भनाई छ ।उहाँले २०४८सालतिर नापि कार्यालय जिल्लामा आएपछि दुल्लू दरबार जंगबहादुर शाहका कान्छा छोरा रिटार्यड जर्नेल दिप्तप्रकाश शाहको नाममा भएकाले पुनर्निर्माणमा ढिलाइ भएको बताउनुभयो । नगरपालिकाले दुल्लु दरबार पुनर्निर्माणका लागेपनि अदालतमा बिचराधीन मुद्धा भएकाले मुद्धा फैसला भए लगत्तै पुनर्निर्माणको काम सुरु गरिने नगर प्रमुख रिजालले बताउनुभयो ।

 

दरबारलाई पुनःनिर्माण र संरक्षण गर्न स्थानीय सरकारले पहल नगरेको दुल्लु नगरपालिका–७स्थानिय भागवत हमाल रिजालले बताउनुभयो । उहाँले दुल्लुको एतिहास संग सम्बन्धीत प्यागोडा र परम्परागत शैलीमा बनाइएको दरबारका तीनवटा भ¥याङ र करिब ५५ वटा झ्याल ढोका रहेको बताउनुभयो । जुम्लाको सिंजा राज्यको हिउँदे राजधानीको रुपमा चिनिने दुल्लुदरबारको पुर्न निर्माण नहुँदा ऐतिहासिक दरबार सधैका लागि हराउने होकी भन्ने चिन्ता बढेको स्थानिय रिजालले गुनासो गर्नुभयो । उहाँले राजा रुपमा जंगबहादुर शाहले साहित्य प्रति रुचि भएको बताउनुभयो ।

 

दुल्लु राज्यको क्षेत्र तिब्बतको ताक्लाकोटदेखि भारतको गडुवालसम्म फैलिएको ईतिहासविदहरु बताउँछन्। अन्तिरम राजा रुपमा जंगबहादुर शाह भएकाले बाइसे, चौबिसे राज्यमा यो राज्य सानो राज्यका रूपमा रहेको थियो । नेपालबाट अरनिको समुहका ललितपुरका कालिगढ झिकाई विक्रम सम्वत् १९८४ मा दरबारको पुनर्निर्माण गरिएको थियो । नेपाल एकीकरणको समयमा दुल्लु राज्य नेपाल राज्यको अधिनस्थ भएपनि विक्रम सम्वत् २०१९ सम्म यो छुट्टै राज्यको रुपमा रहेको थियो।

प्रकाशित मिति : २०८२ मंसिर २५ गते बिहीबार
प्रतिक्रिया