यामराज बिष्ट
दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिकाका तीन वडाका एक सय ९६ घरघरमा खानेपानीको धारा पुगेपछि स्थानीयवासी खुशी भएका छन् । लामो समयदेखि खानेपानीका अभाव झेल्दै आएका त्यहाँका स्थानीयवासी खानेपानीको धारा पुगेपछि खुसी भएका हुन् ।
घरघरमा धारा जडान गरेर खानेपानीको सुविधा विस्तार भएपछि समयको बचत, झन्झटबाट मुक्ति, भएको भगवतीमाई गाँउपालिका–३ मेहेलतोलीका स्थानिय निर्मल खड्काले बताउनुभयो । उहाँले फागुन चैतमा खानेपानीको चरम सङ्कट भएको यो ठाँउमा खानेपानी सुविधा विस्तार भएपछि सहज भएको बताउनुभयो । उहाँले खानेपानीको समस्याबाट मुक्ति पाउँदा सारा गाउँले खुसी रहेका बताउनुभयो । उहाँले अहिले घरमा धारामा पानी आएसँगै खेती गर्न सहज भएको हुनुका साथै समयको समेत बचत भएकोबताउनुभयो ।
ब्रिटिस रेडक्रस र स्वीस रेडक्रसको संयुक्त आर्थिक सहयोगमा नेपाल रेडक्रस दैलेख शाखाले भगवतीमाई गाउँपालिकासँगको सहकार्य र साझेदारीमा यहाँ सञ्चालित ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजनाले पहलमा वडामा खानेपानीको सुविधा पु¥याएको परियोजनाका जिल्ला संयोजक शैलेश श्रेष्ठले बताउनुभयो । उहाँले भगवतीमाई १, ३ र ४ वडाका करिब १सय९६ घरधुरीका करिब एक हजार एक सय८४जना माझ खानेपानीको सुविधा विस्तार गरेको बताउनुभयो ।
यस्तै भगवतीमाई गाँउपालिका तीन वडामा खानेपानी पुगेपछि टाढा जानुपर्ने अवस्था अन्त्य भएको भगवतीमाई गाउँपालिका–१ का वडाध्यक्ष ईन्द्र थापाले जानकारी दिनुभयो । उहाँले घरमा धारा नहुँदा पहिले घरदेखि टाढा मुहान तथा कुँवाका दूषित पानी पिउनुपर्ने बाध्यता थियो अबदेखि हटेको बताउनुभयो । खानेपानी नहुँदा यहाँका बासिन्दाले खानेपानीका लागि भौँतारिनुपर्ने लाईन लाग्ने बाध्यता हैरानी खेप्नु परेको उहाँले बताउनुभयो ।
तीन वडाका घरघरमा खानेपानी पुगेपछि खानेपानीको चरम समस्याबाट मुक्त भएको नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति निरञ्जन कमाुर खत्रीले बताउनुभयो । उहाँले सुरक्षित सुत्केरीका लागि पूर्वतयारी, पारिवारिक विपद् पूर्वतयारी, पिउने पानीको उचित व्यवस्थापनका लागी प्रत्येक वडाका घरधुरीमा ६३ जना स्वयंसेवका परिचालन गरिएको जानकारी दिनुभयो ।उहाँले परियोजनाले भगवती गाँउपालिका भरिका २४ अति विपन्न घरधुरीहरूलाई शौचालय निर्माणका लागि आर्थिक सहयोग समेत गरेको बताउनुभयो ।







