
दैलेख – डिभिजन वन कार्यालय सल्यानका वन अधिकृत टेक बहादुर रावलले आफ्नो जन्म दिनको अवसरमा खाद्यन्न सामाग्रीहरु बितरण गर्नु भएको छ । उहाँले जन्म दिनको अवसरमा जनकल्याण आ. वि सारदा- ५ स्थित तल्लो मार्केका विपन्न वालवालिकाको लागि छात्रवासमालाई खाद्यन्न सामाग्री वितरण गर्नुभएको हो ।
उहाँले विद्यालयमा रहेका विपन्न, ,असहाय बालबालिकालाई संरक्षण अभाव भयका विपन्न वालवालिकाको लागि छात्रवासमा केही खाध्य सामाग्री गरिएको बताउनुभयो ।उहाँले फजुल खर्च गरेर छोराको जन्म दिनको मनाउनु भन्दा असहाय र दुखीलाई सहयोग गर्नु उचित ठानेर सामाजिक क्षेत्रमा लनागी गरेको बताउनुभयो ।
सेवा नै मानविय धर्म हो भन्ने मान्यताका साथ आफ्नो जन्मदिन अवसर पारी छात्रवासमा खाद्यन्न सामाग्री सहयोग गरिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार







