२०८३ जेठ २० , बुधबार

एमालेको महाधिवेशन निर्वाचन कार्यतालिका सार्वजनिक



 

 

काठमाडाैं ।   नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार कार्यतालिका अनुसार भोलि उम्मेदवारी दर्ता हुनेछ भने पर्सि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यक्रम तय गरिएको छ।

सार्वजनिक कार्यतालिकाअनुसार भोलि बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसपछि एक घण्टा मतदाता नामावलीमाथि दाबी–विरोध तथा सुधारका लागि समय छुट्याइएको छ। बिहान १० बजेसम्म दाबी गरिएका नाममाथि आएका विरोधको छानबिन गरी निर्णय गरिने निर्वाचन आयोगले जनाएको छ।

१०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ भने १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवार दरखास्त फारम दर्ता गर्न सकिनेछ।

प्रकाशित मिति : २०८२ मंसिर २८ गते आइतबार
प्रतिक्रिया