२०८३ भदौ २७ , शनिबार

पुस्तान्तरण नहुँदा पैँसरीनाच लोप हुने खतरा



 

यामराज बिष्ट
दैलेख । जिल्लामा पछिललो समयमा पुस्तान्तरण नहुँदा पैँसरीनाच लोप हुने खतरा बढेको छ । जिल्लामा लहरे लागेर नाचिने पैँसरीनाच संरक्षणमा सरकारले चासो नदिएपछि यो नाच पछिल्लो समयमा लोप हुने खतरा बढेको हो । बिभिन्न कार्यक्रम चाडपर्व, बिबाह बत्तबन्ध गाँउघरमा नाचिँदै आएको यो नाच पछिल्लो समय मुस्किलले देख्न पाइन्छ । नाँचले मनोरञ्जन मात्र हैन सामाजिक एकता र मेलमिलाप बोकेको नाच नयाँ पुस्तामा हस्तान्तरण नहुँदा लोपोन्मुख हुने संभावना रहेको देखिएको छ।

पैँसरीनाच बिस्तारै लोप हुन्छकी भन्ने चिन्ता बढेको नारायण नगरपालिका–११टंकबहादुर बिष्टले बताउनुभयो । उहाँले दैलेख जिल्लाका बिभिन्न ठाँउमा नाचिने पैँसरीनाच लोप हुन सक्ने खतरा बढ्दै गएको बताउनुभयो । युवाहरुले पैचरी नाच सिक्न र नाच्न नमान्दा प्राचीनकाल देखि दैलेखमा नाचिने  पैँसरीनाच लोप हुने अवस्थामा पुगेको उहाँले गुनासो गर्नुभयो ।“विगतमा पैँसरीनाच गाँउमा धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले यो नाचलाई निरन्तरता दिन सकेनन् भने नयाँले चासो पनि देखाउन छाडे”, उहाँले भन्नुभयो “अहिले नाच हराउँदै जान थालेको छ ।”
पैँसरीनाच प्रति चासो नदेखाउँदा हराउँदै जान थालेको भगवतीमाई गाँउपालिका दैलेखका अध्यक्ष गणेश बहादुर थापाले बताउनुभयो । उहाँले गाँउपालिका बाट नाच संरक्षण गर्न सक्ने सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले यस्ता कला संस्कृति जोगाउन आफूले सक्दो सहयोग र सहकार्य गर्न तयार भएको बताउनुभयो । उहाँले पालिकाले कला संस्कृति जोगाउनको लागी आवश्यक पर्ने पोसाक, बाजागाजा लागी संस्था संग समन्वय गरेर सहयोग गरिएको बताउनुभयो । अहिले यस्ता हिन्दी गीत गुन्जने यसैमा रमाउँदा परम्परागत पैचरी नाच लोप हुँदै गएको अध्यक्ष थापाको भनाई छ ।
दैलेख जिल्लामा परम्परागत रुपमा लहरे पैचरी खेल केही वर्षयता हरेक चाडपर्व कार्यक्रममा लहरे पैचरी नाच खेलिँदै आएको छ । दैलेखको नारायण नगरपालिका,भगवतीमाई गाउँपालिका साविक पगनाथ, रुम, मेहलतोली, जगनाथ, कट्टी, बडाभैरवलगायत स्थानमा सबै समुदाय मिलरे पैँसरीनाच खेल्ने गरेका छन्। लहरे पैचरी दमाह,झ्याली लगायतका बाजा बजाएर खेलिने नाच हो ।

प्रकाशित मिति : २०८२ पुस १ गते मंगलबार
प्रतिक्रिया