दैलेख ।नेकपा (एमाले)को ११ औं महाधिवेशनमा कर्णली युवा क्लस्टरबाट सुशीलकुमार थापा एमालेको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचितहुनुभएको छ। पार्टीको ११औँ महाधिवेशन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली अनुसार थापा केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको हो।
दैलेखको दुल्लु नगरपालिका घर भएका थापाले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। थापा ३१ वर्षको उमेरमा कर्णाली प्रदेशसभाको सदस्यमा निर्वाचितहुनुभएको थियो।
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित हुनुभएको छ। लुम्बनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लिलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित हुनुभएको छ।
यस्तै केन्द्रीय सदस्य युवा ४० वर्ष मुनिबाट नरेश रोकाया र मधेस प्रदेशबाट ४० वर्ष मुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा वोहरा र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ।
यस्तै दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ। केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरी उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो।








