यामराज बिष्ट
दैलेख पुस ४गते । पहिलोपटक स्वास्थ्य सेवा कार्यालय दैलेखमा डायलाइसिस सेवा सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभाग काठमाडौंले ५ वटा डायलासिस मेसिन सहयोग गरेपछि उक्त सेवा सञ्चालनमा लागेको हो ।
जिल्लामा डायलाइसिस सेवा सुरुपछि जिल्ला भित्रका रोगीहरूलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख मनोज बिश्वकर्माले बताउनुभयो । उहाँले जिल्लाका स्थानीय मिर्गौला पीडितलाई निःशुल्क रूपमा डायलासिस सेवा प्रदान उदेश्यले उक्त सेवा सुरु गर्न लागेको बताउनुभयो । उहाँले उक्त सेवाले आर्थिक अभावमा उपचार नपाएर ज्यान गुमाउनु अत्य भएको बताउनुभयो । उहाँले मृगौलामा समस्या देखिएका बिरामीलाई जिल्लामा डायलाइसिस सेवा दिन सकिने कार्यालय प्रमुख बिश्वकर्माको भनाई छ ।
जिल्ला अस्पतालमा यो सेवा सुरु भएपछि जिल्ला भित्रका मिर्गौला पीडितहरूलाई राहत हुने स्थानिय सुनिता शाहीले बतााउनुभयो । उहाँले डाइलासिस सेवाका लागि जिल्ला बाहिरका सरकारी र निजी अस्पतालमा महँगो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
एउटा मेसिन खरिद गर्दा करिब १५देखि१६ लाख रुपियाँ खर्च हुन्छ । डायलासिसका लागि गाउँबाट आउनेलाई पहिलो चरण, दोस्रो चरणमा सदरमुकाममै बसोबास गर्ने बिरामीलाई तेस्रो चरण अर्थात् साँझको समयमा डायलासिस सेवा उपलब्ध गराउने गरी कार्यसूची तयार गरिएको छ । उक्त सेवा बिहान ७ बजेदेखि साँझ७बजे सम्म सञ्चालन हुनेछ । एक महिनामा ४सय देखि ४ सय ५० बिरामीलाई डायलाइसिस सेवा दिने लक्ष्य रहेको अस्पाताल प्रशासनले जनाएको छ ।
यसअघि जिल्लाका मिर्गौला बिरामीले डायलाइसिस सेवाका लागि सुर्खेत तथा काठमाडौँसम्म धाउनुपर्ने बाध्यता थियो । जिल्लामा करिब १सय ५०बढी डायलाइसिसका बिरामी स्वास्थ सेवा कार्यालय जनाएको छ ।
प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार







