
यामराज बिष्ट
दैलेख पुस ५ गते ।दैलेखमा सरकारवालाले सामाजिक कार्यमा रेडक्रसको भुमिका उल्लेखनीय रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी दैलेखले आयोजना गरेको कार्यक्रममा रेडक्रस भनेको नेपाल सरकारको सहयोगी संस्था भएकाले अझै काम पारदर्शी बनाउन सरकारवालाले जोड दिएका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख नवराज शाहीले जिम्मेवारी सबैले बहन गर्नुपर्ने बताउनुभयो । उहाँले दैवी प्रकोप उद्धार समिति, रक्तसञ्चार सेवा लगायका क्षेत्रमा राम्रो काम गरेकाले अझै काम प्रभावकारी बताउनुपर्ने बताउनुभयो । उहाँले कमिकमजोरीलाई संञ्चाएर संस्थाले सबै संग समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले रेडक्रसले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्ने जोड दिनुभयो् ।

कार्यक्रममा रेडक्रसले भनेजस्तै काम गर्नुपर्ने दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताउनुभयो । उहाँले भूकम्पका बेला होस् या अन्य प्राकृतिक विपतका समयमा रेडक्रस सधैं अग्रपंक्तिमा रहेकाले गतिबिधी बढाउन जोड दिनुपर्ने बताउनुभयो ।
यस्तै डुवेश्वर गाउँपालिका अध्यक्ष सुन्दर कुमार केसीले मानवीय सेवामा रेडक्रसको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले समाज सेवामा रेडक्रसले अझै गतिविधि बढाउनुपर्ने बताउनुभयो । उहाँले जिल्ला शाखाले स्थानीयले सरकार संग समन्वय गर्नुपर्ने बताउनुभयो । उहाँले रेडक्रसमा गरेको कामले आफूलाई जनप्रतिनिधि बन्न पनि सघाउ भएको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति निरञ्जन कुमार खत्रीले संस्थालाई अगाडि बढाउन सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा विपतका समयमा देखि अन्य समयमा रेडक्रसले महत्त्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो । उहाँले जिल्लामा रेडक्रसको आवश्यकता र महत्व बढ्दै गएको बताउनुभयो ।
जिल्लामा शिक्षा,स्वास्थ्य खानेपानिको क्षेत्रमा सुधार ल्याउन विभिन्न कदमहरू चालिएको सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजनाका जिल्ला संयोजक शैलेश श्रेष्ठले बताउनुभयो । उहाँले मानवीय भावना तथा सेवालाई गाउँघरसम्म पु¥याउनु नै रेडक्रसको अभियान रहेको बताउनुभयो ।







