२०८३ जेठ २० , बुधबार

अवैध भरुवा बन्दुक बरामद



सल्यान । सल्यान प्रहरीले ३३ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । विशेष सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानबाट ठुलो परिमाणमा अवैध भरुवा बन्दुक बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बरामद गरिएका भरुवा बन्दुकहरू बनगाड कुपिण्डे नगरपालिका र त्रिवेणी गाउँपालिकाका विभिन्न स्थानबाट बढी मात्रामा फेला परेका छन् । लामो समयदेखि अवैध रूपमा लुकाइ–छिपाइ राखिएका अवस्थामा ती बन्दुकहरू भेटिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक जना व्यक्ति भरुवा बन्दुकसहित पक्राउ परेका छन् र उनीविरुद्ध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । अवैध रूपमा बन्दुक लुकाइएको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा व्यक्तिका घर, बारी तथा जंगलमा लुकाइराखिएका अवस्थामा भरुवा बन्दुकहरू फेला परेको हो ।

प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार
प्रतिक्रिया