
यामराज बिष्ट
दैलेख ।मानव अधिकारसँग जोडिएका घटनाहरू न्यूनीकरण गर्नसामूहिक प्रयास आवश्यक भएको सरोकारवालाले जोड दिएका छन् ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको वर्ष पुस्तक घटनाहरुको वार्षिक पूर्वसमीक्षा कार्यक्रममा मानव अधिकारसँग जोडिएका घटनाहरू न्यूनीकरण गर्न सामूहिक प्रयास गर्नुपर्ने जोड दिएका हुन् ।
घटनाहरू न्यूनीकरण गर्न सबैले सहयोग र कार्यान्वयन गर्ने निकायले बढी जिम्मेवार बन्नुपर्ने जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले बताउनुभएको छ । उहाँले इन्सेकले हरेक वर्ष प्रकाशन गर्ने मानव अधिकार वर्षपुस्तकले अदालत र न्यायिक कार्यसम्पादन गर्ने प्रहरी, प्रशासन, सरकारी वकील कार्यालय लगायतका निकायलाई सहयोग पुगेको बताउनुभएको छ । उहाँले मानव अधिकार वर्ष पुस्तकको अभिलेख र आम सञ्चार माध्यममा आउने समाचारले सरकारी काममा सजगता बढाएको चर्चा गर्नुभयो ।

यस्तै दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले सबैले आफ्नो ठाउँबाट जनचेतना तथा सन्देश मूलक कार्यक्रमले मानव अधिकारसँग जोडिएका घटनाहरू न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले समाजमा हिंसा बढी हुने गरेकाले यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न सबैको सामूहिक प्रयासले मात्रै सम्भव हुने बताउनुभयो ।
कार्यक्रममा गैसस महासंघ दैलेखका अध्यक्ष डिलकुमारी चन्दले महिला हिंसाका घटनाहरू न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।उहाँले नागरिक समाजका अगुवाहरुले मानव अधिकार हनन् र ज्यादती रोक्न प्रहरी प्रशासनको प्रयाय तथा सहकार्यता आवश्यक भएको बताउनुभयो ।
जिल्ला भरि व्यक्ति हत्याका ६, कुटपिट अभद्र व्यवहार ९बालबालिका कुटपिट २, बालविवाह ५, बालिका बलात्कार २३, बाल यौन दुव्र्यवहार ३महिला बलात्कार ५, घरेलु हिंसा १९, आत्महत्या दुरुत्साहन ४, ज्यानमार्ने उद्योग ११ समेत ८७ वटा घटना अभिलेखीकरण भएको इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले जानकारी दिनुभयो ।







