२०८३ जेठ २० , बुधबार

परियोजना सल्लाहाकार समितिको बैठक सम्पन्न



 


दैलेख । डुङ्गेश्वर गाउँपालिकामा परियोजना सल्लाहाकार समितिको बैठक सम्पन्न भएको छ । सिबिएम ग्लोबल र एभरेष्ट क्लब दैलेखको साझेदारीमा सञ्चालन भैरहेको विकास परियोजनाको सल्लाहाकार समितिको बैठक गाउँपालिकाको उपाध्यक्ष कलावती न्यौपानेको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष सुन्दर बहादुर केसीको प्रमुख अतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

विकास परियोजनाले डुङ्गेश्वर गाउँपालिकामा डिसेम्बर २०२५ सम्म ९ वटा विभिन्न व्यवसाय गरिरहेका ३१ जना अपाङ्गता भएका व्यक्ति तथा उहाँहरुको परिवारका सदस्यहरुलाई जिविकोपार्जनमा आबद्ध गराएको र करिब ३८ लाख बराबर व्यवसाय स्टार्टअप सहयोग गरेको विकास परियोजनाका कार्यक्रम संयोजक सेत लाल डाँगीले जानकारी दिनुभयो ।

यस्तै डुङ्गेश्वर गाउँपालिका अध्यक्ष सुन्दर बहादुर के सि ले अपाङ्गता भएका व्यक्तिलाई जिविकोपार्जनमा जोडी उहाँहरुको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउनको लागि विकास परियोजनाले महत्वपूर्ण भुमिका खेलेको र आगामी दिनमा पालिकाले पनि यस्ता क्रियाकलापलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने बताउनुभयो ।

बैठकमा गाउँपालिका उपाध्यक्ष कलावती न्यौपानेले अपाङ्गता भएका व्यक्तिमा लगानी गर्दा उहाँहरुको सामाजिक आबद्धता बृद्धि भएको र पालिकाले आफ्नो नीति कार्यक्रम तथा बजेटमा अपाङ्गता समावेशी कार्यक्रम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बैठकमा दृष्टी सम्बन्धी अपाङ्गता भएका सहभागी नरेन्द्र बहादुर थापाले आफ्नो व्यवसायको अनुभव शेयर गर्नु भएको थियो । उक्त कार्यक्रममा कृषि विज्ञ हरि सुवेदीले समावेशी कृषि नीति सम्बन्धी छलफल चलाउदै पालिकाले समावेशी नीति बनाउनु पर्नेमा जोड दिनुयो ।

प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार
प्रतिक्रिया