२०८३ जेठ २० , बुधबार

पहिलोपटक विद्युत् पुगेपछि स्थानीयमा उत्साह



 

 


यामराज बिष्ट
दैलेख पुस १२ गते । लामो समयको प्रतिक्षापछि डुङ्गेश्वर गाँउपालिका– ३ स्थित थालिकाडामा पहिलो पटक बिजुली बत्ती पुगेपछि स्थानीयहरुमा खुशी छाएको छ । बिजुली पुगेपछि डुङ्गेश्वर गाँउपालिका –३ थालिकाडा क्षेत्रका वस्तीहरुमा बिजुली पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको हो ।

थालिकाडामा पहिलो पटक गाउँ झिलीमिली भएपछी गाउँवासीमा खुसीयाली छाएको डुङ्गेश्वर गाँउपालिका –३का स्थानिय धर्मराज.रावलले बताउनुभयो । उहाँले केही घरमा सोलर र अधिकांश घरमा टुकी बत्तीमार्फत दैनिकी चलाउँदै आएका स्थानीय राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेपछि अहिले सहज भएको बताउनुभयो ।उहाँले गाँउमा बिजुली पुगेपछि अध्यारो वस्तीबाट उज्यालो वस्तीका रुपमा रुपान्तरण भएको बताउनुभयो ।
स्थानिय रावल भन्नुभयो‘‘बिजुलीका लागि विगत करिब६अघिदेखि विद्युत् प्राधिकरणमा गुहार्दै आएका थियौँ ,गाउँमा बिजुली बत्तीको अभावका कारण निक्कै समस्या भोग्नुप¥यो अहिले बल्ल बस्तीमा झिलिमिली बत्ती बल्न थालेको छ, यसका कारण हामीलाई सहज भएको छ ।”

गाउँमा सडकसँगै विद्युत् पनि पु९याउने काममा स्थानीय सरकार लागिपरेको गाउँपालिकाका अध्यक्ष शुन्दर कुमार केसिले बताउनुभयो । उहाँले डुङ्गेश्वर गाँउपालिका अन्य वडामा पनि विद्युत विस्तारको काम जारी रहेको बताउनुभयो । गाउँमा बिजुली नहुँदा सबैभन्दा बढी महिला र बालबालिकाहरू मारमा पर्ने गरेकोेमा अब भने केही राहत हुने अध्यक्ष शुन्दर कुमार केसिको भनाई छ ।

अहिले पहिलो पटक १६ घर धुरीमा मिटर जडान गरिएको दैलेख वितरण केन्द्र, नेपाल विधुत प्राधिकरणका कार्यालय प्रमुख टंकराज गिरीले बताउनुभयो । उहाँले पहिलो पटक बिजुली पुगेपछि करिब ५०घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराएको बताउनुभयो । उहाँले वर्षौंदेखि बिजुलीको सुविधाबाट वञ्चित ती बस्तीमा विद्युतीकरण कार्य सुरु भएसँगै मोबाइल चार्ज, रेडियो सुन्न, विद्यार्थीलाई पढ्न लेख्न साथै विद्युतीय क्रियाकलापका लागि सहज भएको बताउनुभयो ।

प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार
प्रतिक्रिया