२०८३ जेठ २० , बुधबार

पासोमा परेर चितुवाको मृत्यु



दैलेख- दैलेखको दुल्लु नगरपालिका–५ डाडाखोला पाथरनाउली नजिक निजी जमिनमा थापिएको पासोमा परेर एउटा चितुवा मरेको छ । बँदेल नियन्त्रण गर्न थापिएको पासोमा परेर चितुवा मरेको स्थानीयले बताएका छन् ।

स्थानीयवासीका अनुसार लामो समयदेखि बँदेलको आतंक बढेपछि बाली जोगाउन पासो थाप्ने गरिएको छ । राति–राति बँदेल आएर तरकारीदेखि अन्य अन्न बाली नष्ट गर्न थालेपछि स्थानीयले पासो थापेका हुन् ।

मृत चितुवाको शव परीक्षणपछि डिभिजन वन कार्यालय दैलेखको हातामा गाडिएको डिभिजन वन कार्यालय दैलेखका कार्यालय प्रमुख अमर प्रसाद शाहले बताउनुभयो ।उहाँले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार
प्रतिक्रिया