२०८३ जेठ १९ , मंगलबार

फोहोरबाट मोहर कमाउँदै कुँवर



 

यामराज बिष्ट
दैलेख,पुस १७ गते । दैलेखको नारायण नगरपालिका–६ काँडाचौरका नरबहादुर कुँवर यतिबेला कवाड सामग्री सङ्कलन गरिरहनु भएको छ । सुरुसुरुमा घरेलु कामदारका रूपमा काम गरेर घरधन्दा चलाउने कुँवर उक्त काम छोडेर पछिल्लो समयमा फोहोरलाई मोहरमा बदल्ने सोचसहित होमिनु भएको छ ।
जुम्लाको (साबिक) ताम्ती गाउँ विकास समिति हालको तातोपानी गाउँपालिका–७ मा जन्मनु भएका कुँवर बाल्यकालमै आमा,बुबाको मृत्यु पछि दुर्गममा भोगेको दुःख मेट्न सुखको खोजीमा २०६० साल तिर जुम्लाबाट दैलेखको यात्रा तय गर्नुभयो । दुःखको ‘सन्दुक’ साँचेर सफलता खोजीमा गाउँ छोडेका कुँवर कामको खोजी र पेटभरि खान पाइने आशामा जुम्ला छोडेका ‘कुँवर’ले दैलेख जिल्लामा एक दशक बढी घरेलु कामदारका रूपमा बितानुभयो ।
उहाँले करिब १२ वर्ष घरेलु कामदारका रूपमा जीवन बिताएका आफै केही गर्छु भन्ने जाँगर नचलेको होइन । तर घरेलु कामदारबाट बिदा भएपछि उहाँले होटेल व्यवसाय सञ्चालन गर्नुभयो । सिप विहीन टोटल व्यवसायबाट भनेजस्तो प्रगति हात नपर्दा ‘कुँवर’ कवाड सामग्री सङ्कलन व्यवसायमा होमिनु भएको हो ।

पछिल्लो समयमा दैनिक जसो दैलेख सदरमुकाममा कवाड सामग्री सङ्कलनमा तलिन ‘कुँवर’ फोहोरमा मोहरको खोजीमा रमाउनुभएको छ । उहालेँ दिनभरि नगरका विभिन्न स्थानमा फालिएको कवाड सामग्री सङ्कलन गरिरनुभएको छ । उहाँले नारायण नगरपालिका–१स्थित बर्षपार्क नजिकै पुष्पा कवाड सङ्कलन केन्द्र संञ्चालन गरिरनु भएको छ ।
आफू जन्मेको मितिसम्म सम्झना जानकारी नभएको कुँवरmले आफ्नो कर्म प्रतिको निरन्तरताले अहिले कवाड सामग्री सङ्कलन व्यवसाय मार्फत करोड सम्मको यात्रामा हुनुहुन्छ । उहाँ ‘जन्मेको दुई÷तिन वर्ष आमा–बाबुले पाल्नुभया,े उहाँहरूको स्वर्गारोहण भएपछि दुर्गम गाउँबाट फेटभरि खान पाइने आशामा थात थलो छोडेर दैलेख आउनुप¥यो ।

 

दैलेख जिल्ला भरिका कवाड सामग्री संकलन गरेरै आफ्नो जीन्दगी चलाइरहेको कुँवरले बताउनुभयो । उहाँले सुरु सुरुको वर्षमा महिनामा दुई लाख बढी रुपैयाँको कवाड सामग्री बाहिर पठाउने गरेकोमा पछिल्ला वर्षमा मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताउनुभयो ।
कुँवरले भन्नुभयो “‘पहिला गाउँमा रोजगारी पाउन गाह्रो थियो। होटेल व्यवसाय सञ्चालन गरेर भनेजस्तो प्रगति भएन । त्यसपछि कवाड सामग्री सङ्कलन व्यवसायमा लागेको हुँ । पछिल्लो समयमा यही व्यवसायबाट भएको आम्दानीले दैलेख सदरमुकामको काँडाचौरमा घर निर्माण गरेको छु ।अहिले स्वदेशमै उद्योग सञ्चालन भएपछि विदेशमा कमाउने पैसा नेपालमै कमाउन थालेपछि यहीँ बसेँ।’ पछिल्लो समयमा अन्य एक ठाउँमा घडेरी जोडेको छु ।”
बाल्यकालदेखि अनेकौँ दुःख÷अभाव झेल्दै गरेका कुँवरलाई आफ्नो आमाको मृत्यु बारे जानकारी नभएको बताउनुभयो । उहाँले आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर लागेकाहरूलाई स्थानीय सरकारले कुनै पहल नगर्दा समस्या झेल्दै आएको बताउनुभयो । उहाँले यस्ता कामलाई सरकारले संरक्षणसँगै प्रवर्धन गर्नुपर्ने कुँवरको भनाई छ । स्थानिय सरकारले कवाड सामग्री सङ्कलनको काम बाहिरका मान्छेलाई दिने गरेकाले पछिल्ला वर्षहरूमा भने जस्तो आम्दानी गर्न नसकेको गुनासो गर्नुभयो ।

प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार
प्रतिक्रिया