२०८३ जेठ २० , बुधबार

प्रतिनिधि सभा निर्वाचन :दैलेख -२ बाट एमालेका रिजाल र पोखरेलको नाम सिफारिस



दैलेख ।फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दैलेख क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट युवा नेता विष्णु रिजाल र लक्ष्मीप्रसाद पोखरेलको नाम सिफारिस भएको छ । शनिबार जम्बुकाँधमा भएको उम्मेदवार छनोटको चुनावी प्रतिस्पर्धामा रिजाल र पोखरेलको नाम सिफारिस भएको हो ।

आकाङ्क्षीहरूबिच भएको निर्वाचनमा विष्णु रिजालले ६७ मत प्राप्त गर्नुभएको हो । उहाँ एमालेको केन्द्रीय सदस्य तथा चर्चित युवा नेता हुनुहुन्छ ।

यस्तै चुनावी प्रतिस्पर्धामा लक्ष्मीप्रसाद पोखरेलले ६६, राजबहादुर शाहीले ६१ र राजबहादुर बुढाले ५० मत प्राप्त  गर्नुभएको थियो । रिजालसँगै अर्का पूर्वसांसद लक्ष्मी पोखरेल, राजबहादुर शाही र  पूर्व सांसद राजबहादुर बुढाले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार
प्रतिक्रिया