
यामराज बिष्ट
दैलेख पुस२१ गते ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले दैलेखले दुई निर्वाचन क्षेत्रबाट ८ जनाको नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटी बैठकले ८जनाको नाम सिफारिस गरेको नेकपा एमाले दैलेखका अध्यक्ष शूर्यबहादुर शाहीले बताउनुभयो।
दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेख क्षेत्र नं –१ बाट एमालेबाट कर्णाली पदेश उपसचिब रबिन्द्रराज शर्मा, प्रदेश कमिटी सदस्यहरु रत्नबहादुर खड्का,तेज बहादुर चन, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका पुर्व अध्यक्ष तथा महाप्रबन्धक रहेका नन्द किशोर बस्नेत र जिल्ला कमिटी सदस्य लिला बिशीको नाम सिफारिस गरेको छ।
यस्तै दैलेख क्षेत्र नं –२ मा नेकपा एमालेबाट युवा नेता एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल र पूर्व सांसद लक्ष्मीप्रसाद पोखरेल र अम्बीका बोहोरोको नाम सिफारिस भएको छ । शनिबार जम्बुकाँधमा भएको उम्मेदवार छनोटको चुनावी प्रतिस्पर्धाबाट रिजाल र पोखरेल,बोहोरोको नाम सिफारिस भएको हो ।
आकाङ्क्षीहरूबिच भएको निर्वाचनमा विष्णु रिजालले ६७ मत प्राप्त गर्नुभएको थियो । यस्तै चुनावी प्रतिस्पर्धामा लक्ष्मीप्रसाद पोखरेलले ६६, राजबहादुर शाहीले ६१ र राजबहादुर बुढाले ५० मत प्राप्त गर्नुभएको थियो ।प्रतिस्पर्धामा रिजालसँगै ,पूर्वसांसद लक्ष्मी पोखरेल, राजबहादुर शाही र पूर्व सांसद राजबहादुर बुढाले गर्नुभएको थियो ।








