२०८३ साउन १२ , मंगलबार

बिनायकमा प्रहरीको पक्की भवन निर्माण हुदै



 

यामराज बिष्ट
दैलेख पुस २२ गते । दूल्लु नगरपालिका –१३स्थित बिनायकमा प्रहरीको पक्की भवन निर्माण हुने भएको छ । एक कार्यक्रमका बिच दुल्लू नगरपालिकाका नगरप्रमुख भरत रिजाल ,उपप्रमुख विना कार्की ,जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बहादुर वरालले नवनिर्मित हुने प्रहरी चौकीको शिलान्यास गर्नुभएको हो ।
अस्थायी प्रहरी पोष्टको आफ्नै भवन नहुँदा भाडामा बस्नुपर्दा कार्यसम्पादनमा निकै समस्या आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बहादुर वरालले बताउनुभयो । उहाँले प्रहरी आफैंलाई पनि काममा उच्च मनोबल प्राप्तसँगै नागरिकमैत्री सेवा प्रवाह गर्न पूर्वाधारको ठुलो भूमिका हुने बताउनुभएको छ । उहाँले विनायकमा अस्थायी प्रहरी चौकी स्थापनाले यस अघि भाडाको घर ,साँघुरा र अपुग कक्षबाट सेवा दिनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको बताउनुभयो ।

यस्तै दूल्लू नगरपालिकाका नगरप्रमुख भरत रिजालले नयाँ भवनबाट प्रहरीलाई कामकाज गर्न सहज हुनुे बताउनुभयो । उहाँले साथै नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ मजबुत बनाउन योगदान पुग्ने बताउनुभयो । यसक्षेत्रमा सुरक्षा जोखिम भएकाले पक्की भवन निर्माण भएपाछि दूल्लु नगरपालिका ६, १०, ११ ,१२, १३, क्षेत्रमा जनताको सुरक्षाका लागि भवन निर्माण कार्य अघि बढीरहेको नगरप्रमुख रिजालको भनाई छ ।
प्रहरी नागरिकको सेवाका लागि खटिने भएकोले स्थानीय सरकारको यस्ता कार्यमा निरन्तरर सहयोग गर्ने दूल्लु नगरपालिका–१३का वडाध्यक्ष लालवहादर शाहीले बताउनुभयो । उहाँले सेवाप्रवाहका लागि भौतिक संरचनासमेत महत्वपूर्ण भएकाले जनताले शान्ति सुरक्षाको अनुभुती गर्न पाउने बताउनुभयो । यस क्षेत्रमा हुने सवारी दुर्घटना लगायतका गाँउमा हुने गैर कानुनी गतिबिधी रोक्नका लागि प्रहरीले सकृयता बढ्ने वडाध्यक्ष शाहीले जोडदिनुभयो । यो भबन करिब २करोड६०लाख लागतमा निर्माण गर्न लागेको वडाध्यक्ष शाहीले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार
प्रतिक्रिया