२०८३ जेठ २० , बुधबार

दैलेखमा एक हजार ५ सय ५७ जना निर्वाचन प्रहरीको भर्ना खुला



दैलेख ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि दैलेखमा एक हजार ५ सय ५७ जना निर्वाचन प्रहरी म्यादीको भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका उम्मेदवारलाई भर्ना प्रक्रियामा सहभागी हुन सूचित गरेको हो ।

यही पुस २५ देखि थालिएको र माघ १ गतेसम्म दरखास्त लिइने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाममा जिल्ला प्रहरी कार्यालय, नौमूले इलाका प्रहरी कार्यालय, दुल्लू इलाका प्रहरी कार्यालय र राकम इलाका प्रहरी कार्यालय समेत गरी ४ स्थानमा आवेदन दिन पाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

उमेर हद आवेदन दर्ता गर्ने अन्तिम मितिसम्म कम्तीमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

प्रकाशित मिति : २०८२ पुस २६ गते शनिबार
प्रतिक्रिया