
दैलेख ।नारायण नगरपालिका नगरसभाको १७औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न नगरपालिकाको १७औँ नगरसभाबाट स्थानीय सरकार सञ्चालन ऐनको दफा १०२ले दिएको अधिकार प्रयोग गरी आवश्यक ऐन, कानुन तर्जुमा गरी नगरपालिकाअन्तर्गतको प्रशासनिक कार्यविधिलाई नियमित गर्न विधेयक पास गरेको हो ।
अधिवेशनमा नारायण नगरपालिका उपप्रमुख तप्पा थापाले राजस्व परामर्श समिति तथा न्यायिक समितिको प्रतिवेदन नगरसभामा प्रस्तुत गर्नुभयो । उहाँले चालु आर्थिक वर्ष २०८२र०८३ को पहिलो ६ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाको साबिक विनियोजन ५८ करोड ७लाख ३१ मध्ये एक अर्ब करिब ८८ लाख रुपैया संशोधित विनियोजनका लागि नगर सभामा पेश गर्दै आर्थिक कार्यविधि, खनिज उत्खनन् ऐन लगायत आवश्यक कानुनी संरचनामा संशोधन गर्दै स्थानीय विकासलाई थप व्यवस्थित र पारदर्शी बनाउने निर्णय गरेको बताउनुभयो । उहाँले स्रोत साधनको न्यायोचित प्रयोग, प्राथमिकताका आधारमा विकास आयोजना छनोट तथा सामाजिक न्यायलाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रस्तुत प्रतिवेदनमाथि नगरसभाका सदस्यहरूले उठाएका प्रश्न र जिज्ञासाहरूको नगर प्रमुख लोमन शर्माले स्पष्टिकरण तथा सहजीकरण गर्नुभएको थियो । उहाँले विनियोजित बजेट तथा योजनाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त अधिवेशनले विभिन्न महत्वपूर्ण विधेयक, ऐन तथा संशोधित योजनाहरू पारित बताउनुभयो। उहाँले पारदर्शी र जनउत्तरदायी स्थानीय शासनमार्फत नारायण नगरपालिकालाई समृद्ध र स्वावलम्बी बनाउने दिशामा आफू नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले बन तथा बाताबरण ऐन पास भएको बताउनुभयो ।आर्थिकमा बर्ष बिनियोजन गरिएको २४करोड रोक्का गरीएको रकम तत्काल फुक्का गर्न नेपाल सरकार संग माग गरि योजना संञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख शर्माले बताउनुभयो।
यस्तै अधिवेशनका क्रममा नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले सुशासन कायम गर्न लागी परेको बताउनुभयो । उहाँले नियमिति कर्मचारी समयमा अपिसमा आउने कर्मचारी पोसाक अनिर्बाय लगाउने लगायत पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा प्रशासनिक सुधारका क्षेत्रमा भएका प्रगतिबारे जानकारी गराउँदै आगामी दिनमा सेवा प्रवाहलाई थप चुस्त बनाइने बताउनुभयो। उहाँले हालसम्म ३५प्रतिशत बजेज खर्च भएको बताउनुभयो ।उहाँले योजनाहरूको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार र नागरिकको सहभागिता बढाउने विषयमा जोड दिनुभयो। उहाँले नगरपालिकाले पछिल्लो ६ महिनामा हासिल गरेका उपलब्धि सम्पन्न तथा कार्यान्वयनमा रहेका योजनाहरूको विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।







