२०८३ जेठ २० , बुधबार

लायन्स क्लबद्वारा अस्पताल क्षेत्रमा सरसफाई



दैलेख – लायन्स इन्टरनेशनलका फाउण्डर मिलभिन जोनको १४७ औँ जन्मजयन्तीको अवसरमा लायन्स क्लव अफ दैलेखले सरसफाइ कार्यक्रम गरेको छ । क्लबले शनिबार दैलेख अस्पताल हातामा सरसफाई कार्यक्रम गरेको हो ।

लायन्स क्लवले अस्पताल हाता तथा आसपासमा पर्यावरणीय स्वच्छतामा सघाउन सरसफाई गरिएको लायन्स क्लव अफ दैलेखका अध्यक्ष राजु खत्रीले बताउनुभयो ।

जोनको १४७ औँ जन्मजयन्तीको अवसरमा आइतबारदेखि बुधबारसम्मका बाँकी कार्यक्रमहरु आवश्यकता अनुसार तय गर्दै सामाजिक क्रियाकलापहरु गरिने लायन्स क्लव अफ दैलेखका सन् २०२०(२१ का अध्यक्ष हाल डिष्ट्रिक्ट चीफ खमबहादुर थापाले जानकारी दिनुभयो । नेपालभर लायन्सको बिस्तार गर्ने क्रममा लायन्स क्लव अफ दैलेखले ३२५ शाखा नामाकरण पाएको छ ।

कार्यक्रममा दैलेख अस्पतालका प्रमुख डाक्टर मनोज बिश्वकर्मा तथा स्वास्थ्यकर्मी, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षण पुष्प रोकाय लगायत सुरक्षाकर्मीहरु, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार र लायन्स क्लव अफ दैलेखसंग आवद्ध समाजसेवीहरुको सहभागितामा थियो ।

प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार
प्रतिक्रिया