
दैलेख । दैलेखको गुराँस गाउँपालिकाको १७औँ गाउँ सभा अधिवेशन अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीको अध्यक्षतामा सम्पन्न १७ औं अधिवेशन विभिन्न ऐन, कार्यविधी र समसामयिक प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको हो ।
चालु आवा ०८२्०८३ आर्थिक वर्षमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन पेस गरिएको गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले बताउनुभयो । उहाँले सभाले स्वीकृत योजनाहरूमा संशोधन समेत पारित गरेको बताउनुभयो । उहाँले समृद्ध र समुन्नत गाउँपालिका बनाउन पालिकाले भौतिक संरचना निर्माणका साथै स्वास्थ्य, शिक्षा, कृषिमा क्रान्ती ल्याएको बताउनुभयो।

यस्तै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री मा विनोदकुमार शाहले अधिवेशनमा गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहमा भनजस्तै काम गरेको बताउनुभयो । उहाँले स्थानीय तहको सशक्तिकरण, कृषि उत्पादन वृद्धि र सहकारीमार्फत आर्थिक समृद्धि हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यले मात्र दिगो विकास सम्भव हुने उल्लेख गर्नुभयो ।







