
यामराज बिष्ट
दैलेख । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दैलेख सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार एक कार्यक्रम बिच दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारु मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले संयुक्त रूपमा कार्यालयको उद्घाटन गर्नुभएको हो ।
मुख्य निर्वाचन अधिकृत पाण्डेले शुक्रबार दैलेख क्षेत्र नं. १ र २ मा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापन गरिएको जानकारी दिनुभयो । उहाँले कार्यालय स्थापनासँगै निर्वाचनका गतिविधि शुरु हुने बताउनुभयो । उहाँले जिल्लामा निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउँदै सफल बनाउन सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो । न्यायाधीश पाण्डेले भन्नुभयो,‘‘निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण ,पारदर्शी, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाको सहयोगको आवश्यक हुन्छ ।’’
यस्तै उद्घाटन कार्याक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले कानुन बमोजिम निर्वाचनमा भाग लिने सबै राजनीतिक दल, नागरिक समाज पत्रकारलाई आगामी फागुन२१मा हुने निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित रूपमा सम्पन्न गर्न सबैलाई सहयोग गर्न आह्वान गर्नुभयो।
आगामी फागुन २१ गते गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि म्याग्दीमा कुल दैलेखबाट १ लाख ६१ हजार २ सय ४ जना मतदाता कायम भएका छन् । दैलेख जिल्लामा प्रतिनिधि सभातर्फ २ निर्वाचन क्षेत्र रहेको दैलेख जिल्लामा १ सय ३९ मतदान स्थल र २ सय ८ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले बताउनुभयो । दैलेख जिल्लामा २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदय निर्वाचनमा पुरुष ७९ हजार ५ सय २० र महिला ७९ हजार ४ सय ३८ गरी कुल दैलेखमा कुल मतदाताको सङ्ख्या एक लाख ५८ हजार ९ सय ५८ रहेको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको सङ्ख्या २ हजार २ सय ४६ ले वृद्धि भएको छ ।







