
दैलेख : नेपाल कम्युनिस्ट पार्टी (एमाले) कर्णाली प्रदेशका उप–सचिव तथा (एमाले)बाट दैलेख निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्रराज शर्माले जनपक्षीय काम गर्न प्रतिबद्धता जनाउनु भएको छ। उहाँले प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखको आयोजनामा सम्पन्न निर्वाचन केन्द्रित बैठकलाई सम्बोधन गर्दै जनताको आकाङ्क्षा पुरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएकाे हाे।
उहाले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन देश निर्माण गर्ने र जलाउने बिचको जनमत सङ्ग्रहका रूपमा अघि बढेको बताउनुभयो । विगतमा (एमाले) सरकारका पालामा मुलुक दिगो विकासतर्फ अघि बढेको स्मरण गर्दै शर्माले भदौ २३ र २४ गतेको आन्दोलन जेनजीका नाममा अन्य विखण्डनकारी तत्त्वले हालमा लिएर मुलुक अराजकतातर्फ धकलेको बताउनुभयो ।
शर्माले दैलेखको विकास र जनताका आकाङ्क्षा परिपूर्तिका निम्ति यहाँका आम नागरिकले (एमाले) को सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । ‘यहाँको भौतिकदेखि सामाजिक विकासमा (एमाले)ले विगतदेखि काम गर्दै आएको छ । बाँकी रहेका विकासे कामलाई सिग्र अघि बढाउन दैलेखी जनताले (एमाले)को सूर्य चिन्हमा मतदान गर्नेछन् ।’, शर्माले भन्नुभयो ।
उहाँले आफू पहिलो पटक प्रतिनिधि सभा सदस्य हुँदा दैलेख उज्यालो कार्यक्रमलाई अघि बढाएको जनाउँदै जिल्लामा अलपत्र पारिएका ठुला विकासे योजना÷आयोजनाको काम अघि बढाउन दैलेखका दुई वटै निर्वाचन क्षेत्रमा (एमाले)का उम्मेदवार विजयी हुनुपर्ने तर्क प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो , ‘हामीले जनताका समस्या नजिकबाट बुझेका छौँ । सोही अनुरूप समाधानतर्फ लाग्छौँ।,
बैठकलाई सम्बोधन गर्दै (एमाले) केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य मिनासिंह रखालले राष्ट्रलाई सिरमा राख्दै (एमाले) मुलुकको विकासमा अघि बढेको बताउनुभयाे । उहाँले आगामी निर्वाचनमा (एमाले)का उम्मेदवारलाई निर्वाचित गर्न सबै तहका नेता÷कार्यकर्ता एक भएर चुनावी मैदानमा होमिन आग्रह गर्नुभयो । ‘(एमाले)ले दैलेखको विकासका लागि धेरै काम गरेको छ । भए गरेका काम जनतामा पु¥याउन ।,’ उहाँले भन्नुभयो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज यामप्रसाद शर्माले निर्वाचनका माध्यमबाट (एमाले)का उम्मेदवारलाई विजयी गराउन सबै जनसङ्गठन कटिबद्ध भएर लाग्न निर्देशन दिनुभयाे । उहाँले राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका निम्ति (एमाले)ले बहुमत प्राप्त गर्नुपर्ने धारण राख्नुभयाे।
यस्तै बैठकमा प्रेस चौतारी दैलेखका अध्यक्ष उदयराज अधिकारीले (एमाले)का उम्मेदवार विजयी गराउन परिवर्तित अवस्थामा सबै एकजुट हुन आग्रह गर्नुभयो ।
उहाँले दैलेखको विकास र आम नागरिकलाई परिवर्तनको आभास गराउन सक्ने पार्टी (एमाले) मात्र भएकाले दैलेखका दुई वटै निर्वाचन क्षेत्रका नागरिकले सूर्य चिन्हमा मतदान गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो । ‘मुलुक समृद्धिको पेट्रोलियम अन्वेषणको काम (एमाले) सरकारका पालामा सुरु भएको बताउनुभयो ।
आगामी फागु २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा मुलुकमा निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचन आउन ३२ दिन बाँकी रहँदा दैलेखमा क्रियाशील राजनीतिक दलहरूले मत परिणाम आफ्नो पक्षमा पार्न मतदाता केन्द्रित अभियानलाई बढवा दिएका छन् ।







