
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९।३ ओभरमा ११३ रनमा समेटियो।
कर्णालीका हुसेन तलत र उनीश ठाकुरीले समान तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। कर्णालीका अरिफुल इस्लामले सर्वाधिक ४३ र पवन सर्राफले ३७ रन बनाए। जनकपुरका हरमित सिंहले तीन विकेट लिए।
प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बुधबार








