२०८३ साउन १३ , बुधबार

दैलेख क्षेत्र नं २मा प्रमुख दलहरूबिच प्रतिस्पर्धा



दैलेख । दैलेख निर्वाचन क्षेत्र नं. २ मा आगमी फागुन२१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पुराना दलबिच प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा कोही आफ्नो पुराना दल राजनीतिक विरासत जोगाउने प्रयासमा छन् भने नयाँ पार्टी भने विरासत भत्काउने रणनीतिसहित मतदातासमक्ष पुगेका छन् ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेस जितेको उक्त क्षेत्रमा यस पटक पुनः आफ्नो क्षेत्र कसरी सुरक्षित राख्ने दाउमा कांग्रेस छ भने एमाले२०६४, २०७० र २०७४जितेको उक्त क्षेत्रमा यस पटक पुन कसरी सुरक्षित राख्ने दाउमा छ भने अन्य दल त्यो विरासत तोडेर आफ्नो पक्षमा कसरी ल्याउने दाउमा छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, रास्वपा उम्मेदवारबिच प्रतिस्पर्धा हुने यहाँका मतदाताको आकलन छ ।

यो निर्वाचन क्षेत्रमा नेकपा एमाले ,नेपाली कांग्रेसले पुरानै अनुहारलाई उम्मेदवार बनाएको छ भने अन्य राजनीतिक दलले नयाँ उम्मेदवार चुनबी मैदानमा उतारेका छन् । २०७९को निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसका दिक्पालकुमार शाही निर्वाचित हुनुभएको थियो । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बन्नुभएको शाहीले आफ्ना निकट प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेललाई १५३ झिनो मतान्तरले पाराजित गर्दै विजयी हुनुभएको थियो । २०७९को निर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका शाहीले २० हजार १५८ मत ल्याउनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पोख्रेलले २० हजार ५ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै २०७४को निर्वाचनमा नेकपा एमालेका राज बहादुर बुढाले नेपाली कांग्रेसका शिवराज जैसीलाई पाराजित गर्दै विजयी हुनुभएको थियो । बुढाले२३हजार३सय२३मत प्राप्त गर्दा जैसिले१६हजार ३सय३४ मत प्राप्त गर्नुभएको थियो । यो क्षेत्रमा २०६४मा एमालेका राजबहादुर बुढा, २०७० मा लक्ष्मीप्रसाद पोखरेल र २०७४ मा पुनः बुढा यस क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
यो क्षेत्रमा निर्वाचन अधिकृत लोकहरि कँडेलका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका योगेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका दिक्पालकुमार शाही, राष्ट्रिय जनमोर्चाका कमलबहादुर बरैमगर, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापा,नेपाल कम्युनिस्ट पार्टी माओवादीका कलम सिहं, राप्रपा नेपालबाट बबिताकुमारी शाही , स्वतन्त्र उम्मेदवार लालबहादुर कठायत र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बखतबहादुर शाही, आमजनता पार्टीबाट तीर्थाकुमारी वंशीमगर विक चुनावी मैदानमा हुनुहुन्छ ।

 

१०जना उम्मेदवार चुनावी मैदानमा रहेको यो क्षेत्रमा अन्ततः मुख्य प्रतिस्पर्धा भने ठुला दल नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी,रास्वपा बिच नै हुने निश्चित जस्तै छ । उम्मेदवारले आआफ्नो किसिमले विजयी हुने अपेक्षा र दाबी गरिरहे पनि यस क्षेत्रको समस्या समाधानका लागि आफ्नो घोषणापत्रमा उम्मेदवारले के कस्ता विषय उल्लेख गरेको त्यसको मूल्याङ्कन गरेर मात्रै मतदान गर्ने मतदाताले बताएका छन् ।

प्रकाशित मिति : २०८२ माघ २१ गते बुधबार
प्रतिक्रिया