२०८३ जेठ १९ , मंगलबार

टी–२० विश्वकप आजदेखि : उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै



काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा सुरू हुँदैछ ।प्रतियोगिताको उद्घाटन खेल श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा हुनेछ ।

उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।यस्तै, आज सवा ३ बजे भारतको इडेन गार्डेनमा वेष्ट इन्डिज र स्कटल्याण्ड तथा सवा ७ बजे आयोजक भारत र अमेरिकाबीच वानखेडे रंगशालामा खेल हुनेछ ।

टी–२० विश्वकपमा नेपालले भोलि आइतबार आफ्नो पहिलो खेल खेल्नेछ । नेपालले भोलि दुईपटकको च्याम्पियन इंग्ल्यान्डसँग खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र इंग्ल्यान्डबिचको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

यस्तै, नेपालले २९ माघमा दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली पहिलोपटक विश्वकप खेल्दै छ । त्यसपछि २ फागुनमा पूर्वविजेता वेस्ट इन्डिज र ४ फागुनमा स्कटल्यान्डसँग भिड्ने तालिका छ ।

प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार
प्रतिक्रिया